बनेपा गोसाइँथानमा गुरुकुल आरम्भ

भदौ १८

बनेपा गोसाइँथानमा गुरुकुल आरम्भ

बनेपा, gurukul1— काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित गोसाइँथानमा गुरुकुल शिक्षा दिन थालिएको छ ।

नैमिषारण्य संस्कृत गुरुकुल नाम दिइएको विद्यालयमा अहिले ६ कक्षासम्मको मात्रै अध्यापन भइरहेको गोसाइँथान नैमिषारण्य क्षेत्र विकास समितिका सल्लाहकार हरिमञ्जुश्रीले जानकारी दिए।

उनले महेश संस्कृत गुरुकुल, देवघाट, तनहुँको सम्बन्धनमा सञ्चालन भएको गुरुकुल विद्यालय सञ्चालन गरेर त्यस क्षेत्रलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । अहिले सो शिक्षाका लागि १८ बटुक सहभागी भएका छन् ।

नैमिषारण्य विकास समिति, बनेपाका अनुसार ९ देखि ११ वर्षसम्मका बालकलाई कक्षा १ देखिको मान्यता दिने गरी गएको साउनदेखि भर्ना लिन थालिएको र कक्षा १ देखि १० सम्म झन्डै एक सय बालकलाई त्यस्तो शिक्षा दिने योजना रहेको छ । प्रस्तावित गुरुकुल विद्यालयको अध्यक्षमा संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेल अध्यक्ष् ाछन् । विद्यालयमा भोजपुर, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट विद्यार्थी सहभागी भएका छन् ।

काठमाडौँ विश्वविद्यालयका प्रशासन प्रमुख मुकुन्द उपाध्यायको अध्यक्षतामा २१ सदस्यीय व्यवस्थापन समितिसमेत गठन गरिएको छ । शास्त्रीसम्मको अध्ययनका लागि थप एक सयजना गरी हरेक वर्ष दुई सयजनालाई संस्कृत शिक्षा अध्यापन गराइने र एसएलसीसम्मको अध्ययनपछि बालकको चाहनाअनुसार विज्ञान वा अन्य विषय पढ्न चाहेमा त्यस्तो प्रावधानसमेत राखिने समितिले जनाएको छ

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल