अब सार्वजनिक भयो सुनको जलप लगाइएको नोकिया ३३१०, मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ

फागुन २२  |   एजेन्सी

अब सार्वजनिक भयो सुनको जलप लगाइएको नोकिया ३३१०, मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ

केहि दिन पहिले नोकियाले आफ्नो प्रतिष्ठित मोडल नोकिया ३३१० लाई पुनः सार्वजनिक गरेको थियो । नोकियाको उक्त मोडल निकै साधारण डिजाइन र विशेषताका साथ सार्वजनिक भएको थियो । तर अब यो मोडलको लक्जरी मोडल ‘क्याभियर’ बजारमा आएको छ ।

यो फोनको सबैभन्दा विशेष कुरा यसको नाम नै हो । रुसका राष्ट्रपति ‘भ्लादिमिर पुटिन’ को नामबाट प्रभावित भएर फोनको नाम ‘सुप्रिमो पुटिन’ राखिएको छ । यति मात्र होइन, यो फोनको पछाडि पट्टी पुटिनको  सुनको जलप लगाइएको तस्बिर पनि राखिएको छ । फोनको चारैतर्फ सुनको सिल लगाइएको छ जसमा रसियाको राष्ट्रिय गीतको कोट छ ।

फोनको फ्रन्ट बटनमा सुनको जलपः

फोनको फ्रन्ट बटनमा सुनको जलप लगाइएको छ जसमा रसियन कोट अफ आम्र्सको तस्बिर बनेको छ । एन्ड्रोइड अथोरिटिका अनुसार नोकिया ३३१० सुप्रिमो पुटिन एक निकै आकर्षक काठसको बाकसमा आउनेछ जसमा कालो मखमली कभर हुनेछ ।

मूल्यः

यो शानदार फोनको मूल्य ९९ हजार रसियाली रुबल्स हो अर्थात् १ लाख ८१ हजार नेपाली रुपैयाँ तोकिएको छ । यद्यपी, बाँकी देशको मार्केटमा यो मोबाइलको खरिद गर्ने कोही व्यक्ति भेटिएनन् तर रसियामा पुटिनका थुप्रै प्रशंसक छन् जसले पक्कै पनि यसको खरिद गर्न सक्छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल