भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल (फोटो फिचर)

कात्तिक २०  |   हेमराज ढकाल

भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल (फोटो फिचर)

beckham (8)भक्तपुर – इंगल्याण्डका पूर्व फुटबल कप्तान डेबिट बेकह्यामले भक्तपुरको एक विद्यालयका भूकम्प पिडित विद्यार्थीसंग फुटबल खेलेका छन् ।
उनले भक्तपुरको पाँच तले मन्दिर परिसरमा दरबार स्क्वायरमा रहेको श्री पद्यम उच्च माविका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत छात्र तथा छात्रासंग करीब १० मिनेट फुटबल खेलेका थिए ।
उनले एशियाली मुलुकको नेपाल छानेकोमा उनको समुहले भुकम्पबाट पिडित भक्तपुरको उक्त विद्यालयलाई छानेका थिए ।
विविसीको संयोजनमा युनिसेभको दुत समेत रहेका बेह्कम च्यारिटीका लागि नेपाल आएका हुन् ।
उनले एसिया महादेशको नेपालसँगै सबै ६ महादेशका देशमा पनि फुटबल खेल्नेछन्। बेकह्यामले पपुवा न्युगिनी, अर्जेन्टिना, जीबोटी, अमेरिका, अन्टार्टिका र बेलायतमा पनि फुटबल खेल्नेछन्। उनी शनिबार फर्कने कार्यक्रम रहेको छ ।


beckham (7)
beckham (6) beckham (5) beckham (4) beckham (3) beckham (2)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल