भारतीय स्पीनर सामु दक्षिण अफ्रिका निरिह

भारतीय स्पीनर सामु दक्षिण अफ्रिका निरिह

मोहाली – भारतीय स्पीनरहरु चम्केपछि दक्षिण अफ्रिका भारतविरुद्ध जारी पहिलो टेस्टमा १ सय ८४ रनमा समेटिएको छ । भारतका लागि रविचन्द्र अश्विनले धारिलो बलिङ गर्दै ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा अमित मिश्राले दुई विकेट लिए ।
भारतले पहिलो इनिङमा १७ रनको झिनो अग्रता कायम गरेको छ ।
India v SA 1st Test D2दक्षिण अफ्रिका लागि ए बि डिभेलियर्सले सर्वाधिक ६३ रन तथा कप्ता हासिम आमलाले ४३ रनको योगदान दिए । ओपनर डिन एलगरले ३७ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिका विरुद्धको टेस्ट क्रिकेटमा भारतले ब्याटिंगतर्फ भने खराब सुरुआत गरेको थियो । मोहालीस्थित पन्जाव क्रिकेट मैदानमा टस जितेर ब्याटिंग गरेको भारत २ सय १ रनमै अलआउट भएको थियो ।
भारतबाट मुरली विजयले ७५ रन बटुलेपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । शिखर धवनले कुनै पनि रन बनाउन नसकेको खेलमा अर्का प्रभावशाली ब्याटस्म्यान विराट कोहली एक रनमै आउट भए । त्यस्तै चेतेश्वर पुजाराले ३१ रनभन्दा बढी बटुल्न सकेनन् । रविन्द्र जडेजा ३८ रनमै आउट भए भने रविचन्द्रन आश्विनले अविजित २० रनमात्रै बटुले ।
दक्षिण अफ्रिकाबाट डिन एल्गरले चार विकेट लिए भने इमरान ताहिर र भेर्नोन फिल्याण्डरले दुई दुई विकेट लिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल