चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौंमा

  |   कार्तिक २०

चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौंमा

file photo

file photo

 काठमाडौं – इंल्याण्डका चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौं ओर्लिएका छन् । उनी चार्टर फ्लाइटबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।
युनिसेफका सद्भावना दूतसमेत रहेका बेकह्याम बीबीसीको डकुमेन्ट्र बनाउने टोलीसहित उनी काठमाडौं आएका हुन् ।
बेकह्याम सात महादेशमा सात दिन सातवटा फुटबल खेल्ने योजना अन्तर्गत नेपाल आएका हुन्। यूनिसेफलाई सहयोग जुटाउने उद्देश्यले बेकह्यामले ७ दिन ७ महाद्विपमा फुटबल खेल्न लागेका हुन् । बेकह्यामले नेपालसहित पपुवा न्यूगिनी, अर्जेन्टिना, जीबोटी, अमेरिका, अन्टार्टिका र बेलायतमा फुटबल खेल्ने छन् ।

उनी नेपालबाट अर्जेन्टिना जाने कार्यक्रम रहेको बताइएको छ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल