सामसुङ ग्यालेक्सी एस एट लिक, यस्तो आउँदैछ नयाँ फोन

फागुन १९  |   एजेन्सी

सामसुङ ग्यालेक्सी एस एट लिक, यस्तो आउँदैछ नयाँ फोन

काठमाडौँ – धैरे मानिसहरु सामसुङको नयाँ एस एट फोनको प्रतिक्षामा रहेका छन् । फोन सार्वजनिक हुने समय नजिकिँदै जाँदा यस फोनको केही तस्विरहरु लिक भएका छन् ।

जसमा फोनमा चर्चामा रहेको नयाँ आर्टिफिसियल इन्टिलिजेन्स बटन समेत हुन सक्ने देखिन्छ ।

इभान ब्लास (@evleaks) ले फोनको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘सायद यो तपाईंहरुले प्रतिक्षा गरिरहेको हो ।’ उक्त तस्विरको देब्रे भागमा एउटा डेडिकेटेड बटन राखिएको छ ।

कम्पनीले यसअघि नै आफ्नो आर्टिफिसियल इन्टिलिजेन्स एसिस्टेनट ‘बिक्सबी’ का लागि त्यस्तो बटन राख्ने बताएको थियो ।


यद्यपि, अझै पनि यो सामसुङको एस एटमा प्रयोग हुने छ वा छैन भन्ने यकिन छैन ।

यसका लागि हामीले मार्चको २९ सम्म पर्खनुपर्ने हुन्छ । सो दिन कम्पनीले आधिकारिक रुपमा फोन सार्वजनिक गर्दैछ ।

नयाँ तस्विरमा फोनको डिस्प्ले पहिलेभन्दा सानो तर लामो रहेको पनि देख्न सकिन्छ । यसले कम्पनीले १८ः९ एस्पेक्ट रेसियो भएको स्क्रिन राखेको संकेत गर्छ । सामान्यरुपमा १६ः९ एस्पेक्ट रेसियो प्रयोगमा रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल