उधारो तलबमा चलेको विद्यालय

भदौ १८  |   हेमन्त केसी

उधारो तलबमा चलेको विद्यालय

जाजरकोट–यहाँको एक दुर्गम स्थानको विद्यालयमा निजी शिक्षकलाई उधारो तलवमा नियुक्ति गरिएको छ ।
जिल्लाको खगेनकोट गाविस वडा नं ५ मा रहेको सुर्यकिरण प्राविमा उद्यारो तलव वुझ्ने गरी निजी स्रोतवाट ३ जना शिक्षकले पढाउदै आएको विद्यालयका प्रधानाध्यापक गोपाल के.सी ले जानकारी दिए ।IMG_20150803_141252

जिल्ला शिक्षा कार्यालय वाट एउटा मात्र प्रावि विद्यार्थी एकाई लागत (पिसिएफ) उपलव्ध गराएको छ । वि सं २०६५सालमा स्थापना भएको यो विद्यालयमा अहिले कक्षा १ देखी ४ कक्षा सम्मा सञ्चालनमा रहेको छ । तीन सय भन्दा वढी विद्यार्थीहरु यहाँ अध्यायनरत रहेको प्रधानाध्यापक केसीले बताए ।
जिल्ला शिक्षा कार्यालय वाट एउटा पिसीएफ वाहेक अरु कुनै दरवन्दी उपलव्ध नगराउदा विद्यालयले अन्य तीन जना शिक्षकलाई उद्यारो तलव खानेगरी न्यूक्ती गरेको छ । सामुदायिक वन,गाविस , स्थानिय जनताले रुपैया उठाएमा मात्र यी तीन जना शिक्षकले तलव खान पाउँछन ।
गाविस र वनले रकम उपलव्ध नगराएले उद्यारो पढाउदै दिन वित्ने गरेको निजी शिक्षक नेत्र के सीले बताए ।
मासीक ५ हजार उद्यारो रुपैया पाउने गरी शिक्षक नियुक्ति गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रवहादुर खत्रीले जानकारी दिए ।
विद्यालयमा डेष्क,वेन्चको व्यवस्था ,अन्य भौतिक पुर्वाधारको काम गर्दा शिक्षकलाई तलव खुआउने रकम नपुग्दा चिन्ताले निकै सताउने गरेको विद्यालयले वताएको छ । विद्यालयमा गोपाल के सी पिसीएफ,नेत्र केसी ,गोपाल केसी र हिमकुमारी खत्री निजी स्रोतवाट पढाउदै आएका छन् ।
विद्यार्थीहरुको चाप वढी भएका कारण विद्यालय भवनको संख्य वढेको छ । जसका कारण डेष्क वेन्च र अन्य विद्यालयको काम गर्न मुस्किल भएको विद्यालयले जानकारी दिएको छ । यत्ता जिल्ला शिक्षा कार्यालयले भने तत्काल पिसीएफ रकम वाहेक अरु केही गर्न नसक्ने वताएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल