विवादलाई न्युनिकरण र हल गर्ने प्रत्यन गर्छु– मण्डल

कात्तिक १९

विवादलाई न्युनिकरण र हल गर्ने प्रत्यन गर्छु– मण्डल

काठमाडौं-नवनियुक्त युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रमा रहेका विवादलाई न्युनिकरण गर्दै हल गर्न प्रयत्न गर्ने बताएका छन् ।
बिहीबार युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री मण्डलले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहणपछि सो कुरा बताएका हुन् ।
उनले युवा र खेलकुदको चौतर्फी विकासमा ध्यान दिने बताउदै नयाँ संविधानको भावना अनुसार मन्त्रालयलाई अगाडि बढाउने बताए ।
नेकपा (एमाले) का स्थायी समिति सदस्य सप्तरी निवासी मण्डल असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए ।
खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नवनियुक्त मन्त्रीको कुशल नेतृत्वमा युवा, खेलकुद र स्काउटसंग सम्बन्धी कुरा अगाडि बढाउने बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल