सार्वजनिक यातायातको भाडा घटाउने तयारी

भदौ १८

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौँ– सरकारले सार्वजनिक यातायातको भाडा घटाउने गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटिरहेका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी सार्वजनिक यातायातको भाडादर घटाउने र पूर्वनिर्णयानुसार पेट्रोलियम पदार्थको मूल्य घट्दा स्वचालित रूपमा भाडादर समायोजन हुने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।sarbajanik-yatayat

बैठकले बजारमा अतिआवश्यक खाद्यान्न, इन्धन, यातायातलगायत अन्य अत्यावश्यकीय वस्तु तथा सेवाको सहज एवम् सुलभ आपूर्ति व्यवस्था मिलाउन एवम् आपूर्ति व्यवस्था र मूल्यको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल