संसदमा खेलौनालाई पनि मिल्यो सीट !

संसदमा खेलौनालाई पनि मिल्यो सीट !

युक्रेन- यहाँका एक सांसदले आफुसँगै खेलौना बोकेर गए । र, त्यसलाई संसदभित्र एक सीटमा बसाले ।
उनले संसदमा संसदहरुको हाजिर नहुने परम्परालाई व्यङ्ग गर्न यस्तो गरेका थिए ।

युक्रेनका निर्दलीय सांसद बोरीस्लाव बेरेन्जा अण्डाकारको खेलौना बोकेर सांसद भवन गएका थिए । यो डच कलाकार मारग्रेट वान ब्रीवूर्टले बनाएको कलाकृतिसँग मिल्छ । यो कलाकृति डाक्टरलाई पर्खिरहेका विरामीको सांकेतिक रुपमा दर्शाउँछ । यो कलाकृति रुस र युक्रेनमा इन्टरनेटमा निकै चर्चित छ ।

सांसद बेरेजा भन्छन्, ‘३२२ सांसदमा १५० भन्दा धेरै त्यसबेला संसदमा उपस्थित थिएनन् । तर, यो खेलौना जरुरु त्यहाँ उपस्थित थियो । उसले संसदले गर्नपर्ने काम गर्यो ।’ बीबीसी हिन्दीबाट रातोपाटीले यो समाचार लिएको हो ।

सांसद बेरेजाको यो प्रयासलाई लिएर इन्टरनेटमा दुई थरी मत आएका छन् । एक फेसुवुक प्रयोगकर्ताले लेखेका छन्, ‘यो लाग्न त मजाकै लाग्छ, तर दुखी गर्ने खालको छ ।’

अर्का फेसुवुक प्रयोगकर्ता भन्छन्, यो घृणित हो ।’

युक्रेनमा संसदको छवि यस्तो बनेको छ कि, उनीहरु आफ्नो जिम्मेवारीमा लापरवाही गर्छन । सहयोगीलाई भोटिङ गर्न पठाउँछन् संसदमा । यस्तो अधिकारलाई पियानो भोटिङ भनिन्छ ।

नेपालमा पनि संसदहरु वैठकमा सहभागी नहुँने ठूलो समस्या छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल