दक्षिण अफ्रिका विरुद्ध पहिलो दिनमै २ सय १ रनमा खुम्चियो भारत

कार्तिक १९

दक्षिण अफ्रिका विरुद्ध पहिलो दिनमै २ सय १ रनमा खुम्चियो भारत

Virat Kohli Captain of India departs during day one of the 1st Paytm Freedom Trophy Series Test Match between India and South Africa held at the PCA, I.S Bindra Stadium in Mohali, India on the 5th November 2015 Photo by Ron Gaunt  / BCCI / SPORTZPICS

चन्दीगढ – दक्षिण अफ्रिका विरुद्धको टेस्ट क्रिकेटमा भारतले ब्याटिंगतर्फ खराब सुरुआत गरेको छ । मोहालीस्थित पन्जाव क्रिकेट मैदानमा टस जितेर ब्याटिंग गरेको भारत २ सय १ रनमै अलआउट भयो ।
भारतबाट मुरली विजयले ७५ रन बटुलेपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । शिखर धवनले कुनै पनि रन बनाउन नसकेको खेलमा अर्का प्रभावशाली ब्याटस्म्यान विराट कोहली एक रनमै आउट भए । त्यस्तै चेतेश्वर पुजाराले ३१ रनभन्दा बढी बटुल्न सकेनन् । रविन्द्र जडेजा ३८ रनमै आउट भए भने रविचन्द्रन आश्विनले अविजित २० रनमात्रै बटुले ।
दक्षिण अफ्रिकाबाट डिन एल्गरले चार विकेट लिए भने इमरान ताहिर र भेर्नोन फिल्याण्डरले दुई दुई विकेट लिए ।
पहिलो दिनको खेल समाम्प हुँदा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा दुई विकेट गुमाउँदै २८ रन बनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल