हेर्नहोस्, यो हो मोबाइल फोनको ‘राजा’ नोकिया ३३१०

फागुन १६  |   बीबीसी

हेर्नहोस्, यो हो मोबाइल फोनको ‘राजा’ नोकिया ३३१०

नोकियाको पहिचान बोकेको मोबाइल फोन ३३१० एक पटक पुनः बजारमा फिर्ता भएको छ ।

करिब १७ वर्ष पहिले लञ्च भएको फोन संसारको सबैभन्दा धेरै बिक्ने फोनको रुपमा स्थापित थियो । सन् २००५ मा बन्द हुनुभन्दा पहिले यसको १२.६ करोड युनिट बिक्रि भएको थियो ।

अब यसको नयाँ संस्करण सार्वजनिक भएको छ ।  नोकियाको ब्रान्ड अब फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँगै छ ।

विशेषज्ञले यो ब्रान्डलाई पुनः सार्वजनिक गर्नु निकै राम्रो सोच भएको दाबी गरेको छ ।

नोकिया ३३१० निकै बलियो मानिन्थ्यो र सर्पको एक विशेष खेलका लागि चर्चित थियो ।

एमएचडीले ३३१० को नयाँ संस्करणका साथै अन्य तीन एन्ड्रोइड फोन पनि लञ्च गरेको छ ।

प्राविधिक विशेषज्ञ बेन वुड भन्छन्, ‘यदि एचएमडीले एन्ड्रोइड फोन मात्र सार्वजनिक गरेको भए पत्रिकाहरुमा निकै थोरै स्थान पाउँथ्यो होला तर नोकिया ३३१० का कारण यसले निकै राम्रो कभरेज पाइरहेको छ ।’

बेन वुडका अनुसार ३३१० लाई सार्वजनिक गर्नु एक निकै परिपक्क कदम हो जसका कारण नोकियाका अन्य फोनको पनि बिक्रि बढ्नेछ ।

नयाँ ३३१० स्मार्टफोन नभई फिचर फोन हुनेछ । यद्यपी, यसमा सिमित इन्टरनेट सेवा पनि हुनेछ ।

यो एस30+ अपरेटिङ सिस्टममा चल्नेट र यसमा थ्री जी वा फोर जीको सट्टा २.५ जीको कमजोर कनेक्टिभीटी हुनेछ ।

फोनमा २ मेगापिकसेलको एउटा क्यामरा पनि हुनेछ । यो फोनको सबैभन्दा विशेष कुरा यसको ब्याट्रि हुनेछ ।

एचएमडीका अनुसार यो फोनले लगभग १ महिनाको स्ट्यान्डबाई टाइम दिनेछ जबकी यसमार्फत २२ घण्टासम्म कुरा गर्न सकिनेछ ।

फोनभित्र सर्पको गेमको नयाँ भर्सन पहिलेकै शैलीमा हुनेछ ।

एचएमडीका सिइओ आर्टो नूमेलाले बीबीसीलाई दिएको जानकारी अनुसार यो डिजिटल डेटोक्स वा होलिडे फोन हुनेछ ।

उनले भने, ‘यदि तपाईं आफ्नो स्मार्टफोन बन्द गर्न चाहनुहुन्छ तर साथमा कनेक्टिभिटी पनि चाहनुहुन्छ भने यो फोन लाइफलाइन जस्तो हुनेछ ।’

एचएमडीका अनुसार यो नोकिया ब्रान्डको ६ नयाँ एन्ड्रोइड स्मार्टफोन पनि लञ्च गरिने तयारीमा छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल