रोनाल्डोबारे चलचित्र : गर्भमै तुहाउन खोजिएका रोनाल्डो कसरी बने महान् खेलाडी

कार्तिक १९  |   (एजेन्सी)

रोनाल्डोबारे चलचित्र : गर्भमै तुहाउन खोजिएका रोनाल्डो कसरी बने महान् खेलाडी

2E1B0DC200000578-0-image-m-46_1446660406024क्रिष्टियानो रोनाल्डोको नयाँ चलचित्र अहिले निकै चर्चामा छ । चलचित्रको अन्त्यमा आउने एउटा सिनले अझै दर्शकहरुलाई अचम्ममा पार्नेछ । रोनाल्डोको जीवनका रोचक पाटाहरु समेटिएको यस चलचित्रको अन्त्यमा उनकी आमा डोलोरेसले आफ्ना रोनाल्डो जन्माउने रहर नभएको खुलासा गरेकी छन् । म गर्भपतन गराउँन चाहन्थे तर भगवान्ले नै यो चाहनु भएन् । खासामा रोनाल्डो हामीलाई चाहिएको सन्तान थिएनन् तर उनले मलाई निकै खुसी दिए । डोलोरेसले भनेकी छिन् ।
यसअघि पनि रोनाल्डोले रेस्टुरेन्टको टेबलमा साथीहरुसँग बसेर गरेको गफले पनि धेरैको ध्यान आर्कषित गरेको थियो । चलचित्रको त्यो सिनमा रोनाल्डो आफैँले साथिहरुलाई विश्वकै सर्वोत्कृष्ट खेलाडीको विषयमा प्रश्न राखेका थिए । साथिहरुले उत्तर दिन नपाउँदै उनी आफैँले आफू सर्वोत्कृष्ट खेलाडी रहेको बताए । त्यसपछि उनले हाँस्दै भनेका छन्, कम्तिमा पनि जनवरीसम्म । आगामी जनवरीसम्म नयाँ फिफा वर्ष खेलाडीको घोषणा नहुने भएका कारण गत वर्ष उक्त अवार्ड जितेको तर्फ रोनाल्डोले यस्तो संकेत गरेका थिए ।
रोनाल्डोको यस चलचित्रका थुप्रै सिनहरु एकपछि अर्को गर्दै शृंखलावद्ध रुपमा सार्वजनिक भइरहेका छन् । चलचित्रमा उनको खेल जीवन मात्रै नभएर परिवारप्रति उनले दर्शाउने माया तथा सम्मानलाई पनि देखाइएको छ ।
चलचित्रमा एकतर्फ रोनाल्डोले आमाविहिन आफ्ना छोरा तथा विधवा आमालाई गरेको माया देखाइएको छ । उनकी आमा नातिको फुटबल हेर्ने बानीबाट चिन्तित भएको पनि देखाइएको छ । अर्कोतर्फ रोनाल्डो थुप्रै फ्यानहरुबाट घेरिएको देखाइएको छ । ९२ मिनेटको यस चलचित्रमा रोनाल्डोको जीवनका आरोह र अवरोहलाई समेटिएको छ । रोनाल्डोको व्यक्तिगत र निजी जीवनका थुप्रै पाटाहरु चलचित्रमा समेटिएको छ । चलचित्रमा छोराले गोलकिपर बन्ने इच्छा राखेपछि रोनाल्डो हैरान भएको र छोरालाई आफ्नै नाम समेत उच्चारण गर्न नआएको प्रसंग पनि देखाइएको छ ।

2E1B0D7400000578-3304032-Ronaldo_s_love_for_his_five_year_old_son_shines_through_in_the_f-m-4_1446713430102
चलचित्र निकै संयोजनकारी छ । चलचित्र लियोनल मेसीले लगातार चौथो बेलोन डि अर जितेपछि दुखित अवस्थामा रहेका रोनाल्डोको पिडालाई कोट्याउँदै सुरु हुन्छ । त्यसपछि रोनाल्डोले मैदानमा देखाएको उत्कृष्ट खेल र लगातार दुईपटक बेलो डि अर जित्दाका गतिविधि क्यामेरामा कैद गरिएका छन् । चलचित्रमा गत वर्ष विश्वकपमा उनको प्रदर्शनलाई लिएर भएको आलोचनादेखी विश्वकपअघिको छनोटमा उनले देखाएको अद्धितिय प्रतिभालाई समेत समेटिएको छ ।
चलचित्रमा रोनाल्डो र उनको परिवार उनका बाबुको रक्सी पिउने बानीबाट पिडित भएको दुखद घटनालाई समेत समेटिएको छ । उनले बालबच्चालाई कहिल्यै नराम्रो व्यवहार गर्नने । तर म उनको रक्सी खाने बानीले पिडित भएँ । रोनाल्डोकी आमाले भनेकी छिन् । रोनाल्डोका दाजुले आफ्नो बानीहरुका विषयमा चलचित्रमा बताएका छन् भने आमाले मेडिइरा छाडेर १२ वर्षको उमेर लिस्वनमा आबद्ध हुनबाट रोनाल्डोलाई रोकेको बताएकी छिन् । रोनाल्डोले भनेका छन्, मानिसहरु भन्थे हामीसँग पैसा र कार छ । तर हामी पडित थियौँ । म हरेक दिन रुन्थे ।
चलचित्रमा रोनाल्डोको पुत्रमोहलाई पनि मज्जाले देखाइएको छ । छोराले रोनाल्डोलाई पेनाल्टी हान्न सिकाएको सिन सायद धेरैका लागि रोचक हुनसक्छ । त्यस्तै छोराले सडकमा देखिएको अनजान व्यक्ति रोनाल्डोभन्दा ठूलो रहेको बताएपछि हाँसो छुट्छ । फुटबल खेलको कथावस्तु र रोनाल्डोको निजी जीवनका विषयमा तयार पारिएको यो चलचित्र विल्कूल नयाँ छ । यस्तो चलचित्र यसअघि कुनै पनि फुटबलरको विषयमा बनेको थिएन । चलचित्रमा रोनाल्डोका महत्वाकांक्षाहरु हटाउन उनकी आमाले फरक निर्णयहरु लिएका घटनालाई पनि प्रस्तुत गरिएको छ । यो चलचित्र नोभेम्बर ९ मा विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल