गुलाफको होइन लाखको बिटाले बनेको गुच्छा दिएर प्रेमिकासामू प्रेम प्रस्ताव

फागुन १५  |   एजेन्सी

गुलाफको होइन लाखको बिटाले बनेको गुच्छा दिएर प्रेमिकासामू प्रेम प्रस्ताव

मानिसहरु आफ्नो मनको कुरा प्रेमीका समक्ष पुर्याउन विभिन्न तरिका अपनाउने गर्दछन् ।  आफ्नो प्रस्ताव सकेसम्म अरुले अस्विकार नगरोस् भन्ने सोच धेरैको हुन्छ । यस्तो अवस्थामा चीनका एक व्यक्तिले अचम्मको कोसिस गरेका छन् । कोसिस पनि यस्तो कि सबै अचम्मित हुने । आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नका लागि एक व्यक्तिले फूलको गुच्छा नभई १० हजार नोटको गुच्छा बनाएर दिएका छन् ।

चीनका यी व्यक्तिले आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नका लागि १० हजार युआनको नोटको बंडल लिएर फूलको गुच्छा बनाउने एक पसलमा पुगे । नोटको प्रयोग गरेर गुच्छा बनाउन उनले त्यहाँका मानिसलाई आग्रह गरे । उनले १० हजार युआनको गुच्छा तयार बनाए जसको नेपाली बजारमा मूल्उ १ लाख ५५ हजार रहेको छ ।

डेली मेलका अनुसार यी व्यक्तिले उनलाई उक्त पैसाको गुच्छा हातमा थमाएर आफ्नो मनको कुरा भने । पैसाको गुच्छाको फोटो चीनियाँ सोसल साइटमा निकै सेयर गरिँदै छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल