संगिना बैद्यलाई सहायक मुख्य प्रशिक्षक

कात्तिक १९

संगिना बैद्यलाई सहायक मुख्य प्रशिक्षक

काठमाडौं– ओलम्पियन तथा नेपाली तेक्वान्दो खेलमा आफ्नो ईतिहास रच्न सफल खेलाडी संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले थप जिम्मेवारी प्रदान गरेको छ ।sangina baidya
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले बिहिबार बैद्यलाई प्रदान गरे ।

भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा रियो द जेनेरियोमा आयोजना हुने ३१ औं रियो ओलम्पिक प्रतियोगिताको पूर्वसन्ध्यामा दिईएको जिम्मेवारी महत्वपूर्ण रहेको छ ।

एक सफल खेलाडी तथा प्रशिक्षकको रुपमा आफुलाई स्थपित गर्न सफल बैद्यलाई दिईएको जिम्मेवारीले आगामी दिनमा नेपालले साग र ओलम्पिकमा पदक हासिल गर्न सक्षम खेलाडी उत्पादन गर्नलाई मद्धत पुग्ने खेल समिक्षकहरु बताउंदछन् ।

नियुक्ति पत्र बुझ्दै बैद्यले राज्य तथा राष्ट्रिय खेलकुद परिषदले आफुलाई बिश्वास गर्दै जुन जिम्मेवारी प्रदान गरेकोछ त्यसले आफुलाई थप जिम्मेवारीको महशुस गरेको र त्यसलाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताईन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल