वर्षौंसम्म घर पछाडि फालिएको थियो ‘टिफिन बक्स’, खोल्ने बित्तिकै यो जोडीको उड्यो होस

फागुन १४  |   एजेन्सी

वर्षौंसम्म घर पछाडि फालिएको थियो ‘टिफिन बक्स’, खोल्ने बित्तिकै यो जोडीको उड्यो होस

कसको भाग्यले कतिबेला कोल्टो फेर्छ, त्यो कसैलाई पनि थाहा हुँदैन । तर एकचोटी भाग्य चम्किएपछि मानिसको पूरा जीवन परिवर्तन हुन्छ । यस्तै भएको छ एक रेडिट प्रयोगकर्ताको जसले आफ्नो स्टोरी सोसल साइटमा सेयर गरेका छन् ।

यी व्यक्तिले सोसल साइटमा आफ्नो जीवनमा घटित सत्य घटना सेयर गरेका छन् । रेडिटमा Branik12 नामबाट बनेको यी व्यक्तिको युजर आइडीबाट थुप्रै फोटो अपलोड भएको छ जसले पूरा कहानी बयान गरेको छ । केही वर्षपहिले यी व्यक्तिले एउटा पुरानो घर खरिद गरेका थिए । आफ्नी श्रीमतीसँग नयाँ घरमा सरेपछि दुबैले पहिलो तल्लाको मर्मत गराए । त्यतिबेलासम्म उनीहरुको जीवन साधारण रुपमा अघि बढिरहेको थियो तब सबै कुरा ठिक थियो तर जब उनीहरुले बेसमेन्ट मर्मत गराउने निर्णय गरिन् तब अचानक केही यस्तो स्थिती पैदा भयो जसलाई उनीहरुले सपनामा पनि सोचेका थिएनन् । बेसमेन्टको सिलिङको सफाई गर्नेबेला माथि परेका केही पुरानो सामान हटाउनु थियो । त्यही सामानमा एक पुरानो टिफिन बक्स पनि थियो  । पहिले त दुबैले यसलाई फोहोर सोचेर फ्याँकिदिए तर पछि जब उनीहरुले त्यो बक्स खोले तब उनीहरुको भाग्य परिवर्तन भयो ।

भित्र थियो पुरानो पत्रिका र…

जब उनले उक्त टिफिन बक्स खोले तब त्यसभित्र केही पुरानो पत्रिका देखे । उक्त पत्रिका सन् १९५१ ताकाको थियो । त्यतिबेला हामीलाई लाग्यो कि कसैले यो पुरानो पत्रिकालाई सजाउन चाहन्थ्यो । तर उनीहरुले पत्रिका हटाउने बित्तिकै पैसाको तीनवटा प्याकेट पाए जसमा अमेरिकी डलर थिए । यीमध्ये थुप्रै नोट त दुर्लभ भइसकेका थिए । उनीहरुले पूरा पैसा गनेपछि थाहा भयो कि बक्समा जम्मा २४ लाख रुपैयाँ थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल