यी युवती जो अत्यधिक राम्री भएर जागिरबाट निकालियो

फागुन ११  |   एजेन्सी

यी युवती जो अत्यधिक राम्री भएर जागिरबाट निकालियो

‘ब्यूटी विथ ब्रेन’ यो एउटा भनाई मात्र नभई एक जीवित उदाहरण पनि हुनसक्छ । सुन्दर शरिर, सुगठित शरिर भएका प्रत्येक मानिस मनोरञ्जनकै क्षेत्रमा लाग्नुपर्छ भन्ने छैन । ती व्यक्तिको इच्छा अर्कै कुनै क्षेत्रमा हुनसक्छ । एम्मा हल्स, एक २४ वर्षीया युवती अत्यधिक सुन्दर भएका कारण उनको जागिर खोसिएको । यो कुनै बनावटी नभई वास्तविकता हो ।

एक भारतीय स्रोतका अनुसार उनी एक ‘फ्रिलान्स टेलिभिजन वर्कर (स्वतन्त्र टेलिभिजन कामदार)’ थिइन् । सधैंजसो उनी एक दिन साढे ९ बजे आफ्नो अफिस पुगिन् । आफ्नो ८ घण्टे ड्युटीमा १० मिनेटमात्र बिताएपछि उनले एक मेसेज प्राप्त गरिन् । उक्त मेसेज उनलाई काम मिलाइदिने साथीको थियो । उनले एम्मालाई उक्त कामका लागि उनी आवश्यक नभएको बताए । उनी निकै चकित परिन् र यसबारे म्यानेजरसँग कुरा गर्न सोच बनाइन् ।

म्यानेजरसँग यसबारे कुरा गर्दा उनले एम्मालाई मोडलसँग तुलना गरेर मोडलिङ क्षेत्रमा प्रवेश गर्न सुझाए । ‘तिमी मोडल हौ ? तिमीले किन क्याटवक गरिरहेकी छैनौ ? तिमी मनोरञ्जनको क्षेत्रमा किन लागिरहेका छैनौ ?,’ उनले बारम्बार प्रश्न तेर्साए । पछि उनका म्यानेजरले उनलाई घर पठाउनु पहिले उनको नम्बर लिए र कफीको लागि आग्रह गरे ।

उनका अनुसार उनले काममा जाँदा निकै सभ्य पहिरन लगाउने गरेको बताइन् । ‘मैले लिपस्टिक लगाउँथे तर मेरो नजरमा यसो गर्नु काममा कुनै बाधा निम्त्याउनु होइन । मैले सर्ट र ट्राउजर लगाउने गर्दछ । मलाई लाग्दैन कि म कामको लागि उचित छैन,’ उनले भनिन् ।

यद्यपी, जो म्यानेजरले उनलाई जागिरबाट निकालिदिए उनलाई त्यहि कम्पनीले निकालिदिएको छ । उनीबारे समाचार भाइरल भएपछि कम्पनीले ती म्यानेजरलाई निकाल्न बाध्य भएको बताइएको छ । कम्पनीका अनुसार ती म्यानेजरले यस्तो गरेको यो पहिलो घटना होइन, निकै वर्षदेखि उनले राम्री युवतीलाई कामबाट निकालिदिने गर्दथे ।

एम्माले आफूले आफैंलाई एक धावक, प्रोडक्सन असिस्टेन्ट, क्यामरा अपरेटिङ एक्जेक्युटिभ बताउँछिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल