सेक्स टेपको विषयलाई लिएर फ्रान्सेली स्टार करिम बेन्जामा पक्राउ

सेक्स टेपको विषयलाई लिएर फ्रान्सेली स्टार करिम बेन्जामा पक्राउ

एजेन्सी-सेक्स टेपको विषयलाई लिएर आफ्नै देशका माथियु भाल्वुयनालाई ब्ल्याकमेल गरेपछि फ्रान्सेली फुटबलर करिम बेन्जामा पक्राउ परेका छन् । भाल्वुयना पनि फ्रान्सकै राष्टिय टोलीका सदस्य हुन् । रियाल म्याडिडका २७ वर्षिय स्टाइकर पेरिसको पश्चिममा पर्ने भर्साइलेसबाट पक्राउ परेका हुन् । बेन्जामालाई प्रहरीले थप आपराधीक छानविनका लागि हिरासतमा राखेको छ । प्रहरी निकट स्रोत अनुसार यस प्रकरणमा बेन्जामाको भूमिका देखिएपछि उनलाई पक्राउ गरिएको हो । सेक्स टेप प्रकरणपछि भाल्वुयना पिडित बनेको बताइएको छ । भिडियोमा उनी फानी लाफोनसँग यौनलिलामा सक्रिय रहेको भेटिन्छन् । लियोनका ३१ वर्षिय मिडफिल्डरु भाल्वुयना थुप्रै प्रिमियर लिग क्लबहरुसँगको संभावित आबद्धतालाई लिएर समेत चर्चामा थिए । ब्ल्याकमेल गर्ने गिरोहबाट प्रहरी फेला पारेको यो भिडियोमा भाल्वुयनालाई स्पष्टै देखिन्छ । बेन्जामाले अक्टोवरको सुरुआतमै यस सेक्सटेपमा भाल्वुयना रहेको उल्लेख गरेका थि

Real Madrid CF v FC Barcelona - La Liga...MADRID, SPAIN - OCTOBER 25: Karim Benzema of Real Madrid celebrates after scoring a goal during the La Liga match between Real Madrid CF and FC Barcelona at Estadio Santiago Bernabeu on October 25, 2014 in Madrid, Spain. (Photo by Juan Manuel Serrano Arce/Getty Images)

Real Madrid CF v FC Barcelona – La Liga…MADRID, SPAIN – OCTOBER 25: Karim Benzema of Real Madrid celebrates after scoring a goal during the La Liga match between Real Madrid CF and FC Barcelona at Estadio Santiago Bernabeu on October 25, 2014 in Madrid, Spain. (Photo by Juan Manuel Serrano Arce/Getty Images)

ए । त्यसैकारण प्रहरी स्रोतले बेन्जामाको परिवार प्रत्यक्ष रुपमा शंकास्पद ब्ल्याकमेलर्ससँग सम्पर्कमा रहेको अनुमान लगाएको छ । बेन्जामाले भाल्वुयनासँग गत अक्टोबरमा उत्तिकै ठट्टा गरेका थिए वा ब्ल्याकमेलर्सलाई पैसा दिलाउन भूमिका खेलेका थिए भन्ने विषयमा प्रहरीले छानविन जारी राखेको छ । सेक्स प्रकरणमा बेन्जामा पहिलो पटक फसेका भने होइनन् । यसअघि सन् २०१० को विश्वकपअघि उमेर नपुगेकी युवतीसँग शारिरीक सम्पर्क राखेको अभियोगमा उनी पक्राउ परेका थिए । त्यसैकारण उनले सन् २०१० को विश्वकप खेल्न पाएनन् । त्यतिबेला उनीमाथि १८ वर्षकी जाहिया देहारलाई पैसा तितेर यौनसम्पर्कका लागि राजी गराएको आरोप लागेको थियो । उनीमात्रै नभएर बार्यन म्युनिखका प्रभावशाली खेलाडी फ्रयांक रिबेरी समेत यो काण्डमा मुछिएका थिए । फ्रान्सको कानून बमोजिम २० वर्षभन्दा मूनिका महिलासँग यौनसम्पर्क राख्न नपाइने भएका कारण दुबै खेलाडीले लामो समय मुद्धा झेलेका थिए । गत वर्षमात्रै यस अभियोगबाट बेन्जामाले सफाई पाए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल