विश्वकप छनोटमा पौडीको सहभागिता

कात्तिक १८

विश्वकप छनोटमा पौडीको सहभागिता

काठमाडौं–रियो ओलम्पिक – २०१६ का लागि खेलाडी छनोट गर्ने उद्धेश्यले अन्तराष्ट्रिय पौडी महासंघ (फिना) को आयोजनामा संयुक्त अरव ईमिरेटको दुवईमा हुन लागेको विश्वकप छनोट प्रतियोगीतामा नेपाली टोलीले सहभागिता जनाउने भएको छ । विश्वकप छनोट प्रतियोगीता यहि कार्तिक २० र २१ गते हुनेछ ।
मित्र राष्ट्र रुसको कजानमा भएको १६ औं फिना विश्व पौडी प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्ने खेलाडीहरु शिरिष गुरुङ्ग, गौरिका सिंह र सोफिया शाहले उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् भने टोली व्यवस्थापकमा नेपाल पौडी संघका कोषाध्यक्ष श्याम सुन्दर अधिकारी रहेका छन् ।
नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने ओलम्पिकको तयारीका क्रममा थाईल्यान्डको फुकेटमा प्रशिक्षणरत शिरिष गुरुङ्ग र सोफिया शाह तथा बेलायतमा प्रशिक्षणरत उदियमान खेलाडी गौरिका सिंहबाट नयाँ राष्ट्रिय किर्तिमानका साथ उत्कृष्ट नतिजा ल्याउने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
व्यवस्थापक अधिकारी आजै दोहा तर्फ प्रस्थान गर्ने छन् भने खेलाडीहरु आफु प्रशिक्षणरत देशबाटनै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल