टुटेका मुटुहरुको एउटा संग्रहालय यस्तो पनि

फागुन १०  |   बीबीसी

टुटेका मुटुहरुको एउटा संग्रहालय यस्तो पनि

जब कुनै सम्बन्ध टुट्छ तब कयौं पटक धेरै कुराले तनाव दिन थाल्छ । लस एन्जलसको एक संग्रहालयले विशेष रुपमा यस्ता कुराहरुलाई प्रदर्शनीका लागि राखेको छ ।

सम्बन्ध टुटेकाहरुले धेरैजसो यस्ता समस्याको सामना गर्नुपर्छ । तपाईंको वरिपरि हुने हरेक कुराले उनकै याद दिलाउँछ जसले तपाईंलाई छोडेर गइसकेको छ ।

के तपाईं उनको बास्नादार चिट्ठीलाई आगो लगाइदिन चाहनुहुन्छ ? सम्बन्धविच्छेदपछि विवाहको दिन लगाएको पहिरनलाई फ्याँकिदिन चाहनुहुन्छ ?

टुटेको सम्बन्धको याद दिलाउने यो संग्रहालय हलिउडमा छ ।

दैनिक उपभोग्य हरेक वस्तुलाई यहाँ कुनै कलात्मक वस्तुको रुपमा राखिएको भेट्नुहुन्छ । ती सामग्रीसँगै कसले के गुमायो भनेर लेखिएको पनि हुन्छ ।

सान फ्रान्सिस्कोकी एक महिलाले आफ्नो विवाहको दिन लगाएको पहिरनलाई अचारको डिब्बामा राखिदिइन् । उनका श्रीमानले उनलाई पाँच वर्ष पछि छोडेका थिए ।

ती महिलाको पहिरन त्यति पनि पुरानो थिएन कि त्यसलाई दोस्रो पटक लगाउन सकिन्नथ्यो तर उनले त्यसलाई दोस्रो पटक कहिले पनि लगाइनन् ।

उक्त  संग्रहालय केही समय अघि मात्र सुरु भएको हो । एक वकिलले क्रोएशियामा यस्तै एक संग्रहालय देखेपछि त्यसकै ढाँचामा हलिउडमा पनि यसलाई सुरु गरेको बताइएको छ ।

क्रोएशियाको संग्रहालय पनि दुई यस्ता कलाकारले सुरु गरेका थिए जसको ‘ब्रेकअप’ भएको थियो ।

लस एन्जलसमा भएको संग्रहालयका लागि संसारभरीका मानिसहरुले आफ्नो निशानी दिएका छन् । नर्वेका एक व्यक्तिले इस्त्री दान गरेका थिए ।

इस्त्रीसँग उनले लेखेका छन्, ‘यो इस्त्रीमार्फत मैले आफ्नो विवाहको सुट आइरन गरेको थिएँ । अब यो एउटा निशानी मात्र बाँकी छ ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल