आलुको बीउको अध्ययन

९ फागुन

आलुको बीउको अध्ययन

कञ्चनपुर -आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ ।

आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउकोे अवलोकन गरी बीउको अवस्थाबारे जानकारी लिएका थिए ।

“आलुको बीउ किसानसम्म पुगे नपुगको, बीउमा रोग लागेको अवस्था, उत्पादन र बजार व्यवस्थापनबारे छलफल गरी सुधार्नु पर्ने र किसानलाई सहजरुपमा बीउ कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे सुझाव लिएका छौँ” विज्ञ महराले
“आलुको बीउका गुणस्तर राम्रो रहे पनि उत्पादन कम भएको, बीउ मागेको बेला नपाइने, महँगो रहेको र खेतमा रोप्ने बेला बीउ नपाइने गुनासो विज्ञ समक्ष राखेका छौँ” किसान पुरन भने ।

यहाँका २५ भन्दा बढी किसान आलुको बीउ उत्पादनमा संलग्न छन् । प्रतिवर्ष ७० क्विन्टल बढी आलुको बीउ यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।

आलु बाली विकास कार्यक्रमअन्तर्गत बर्सेनि सात लाख बढी दाना पहिलो पुस्ताको आलु बीउ किसानबाट माग हँुदै आए पनि उपलब्ध गराउन गाह्रो रहेको महराले बताउनुभयो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल