पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा

फागुन ९

पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा

पाल्पा–पाल्पा महोत्सव–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन १२ देखि २२ गतेसम्म तानसेनको टुँडिखेलमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेका आयोजक पाल्पा उधोग बाणिज्य संघले जनाएको छ । ११ औँ संस्करणका रुपमा हुन लागेको महोत्सवमा जिल्लामा कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । महोत्सवमा झण्डै आठ करोडको कारोबार हुने र दुई लाख ५० हजार दर्शले अवलोकनक गर्ने आयोजकले अनुमान गरेको छ । संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा समग्र जिल्लाको विकासका लागि महोत्सव फलदायी हुने अध्यक्ष श्रेष्ठको विश्वास छ । जिल्लामा उत्पादित वस्तु तथा सेवाले प्रतिस्पर्धात्मक रुपमा बजार व्यवस्थापन गरि बजारिकरणमा सहयोग पुग्ने पाल्पा उधोग बाणिज्य संघले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल