इटहरी – पूर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कलाकारीता क्षेत्रका विशिष्ट व्यतित्व र अतिथिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट छायाकार ,उत्कृष्ट आधुनिक गायन, पप गायन, निर्देशक, सगींतकार सम्पादक , पुर्वेली लोक गीत , पुरुष मोडल र महिला गरि विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो । इटहरी स्थित एरिना टेलिजिनद्वारा आयोजित अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट एल पी. जोशीलाई बिशेष सम्मान गरिएको थियो । एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्की, अतिथिहरु सुलभ खड्का, राजु केसी लगायतले जोशीलाई खदा र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट छाया“कारको अवार्ड नभेटी नभेटी गीतबाट हरि हुमागाईलाई प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट पुरुष गायन आधुनिक विधातर्फको पा“च जना प्रतिस्पर्धिलाई पछि पार्दै गायक रामकृष्ण ढकालले धारिलो रहेछ माया गीतबाट अवार्ड जिते । उता उत्कृष्ट पप गायक महिला अर्वाड भने प्राश्ना शाक्यले हासिल गरिन भने उत्कृष्ट निर्देशक अवार्ड बिभोर पोख्रेलले जितेका छन् । त्यसैगरी बसन्त सापकोटाले उत्कृष्ट सगिंतकार आधुनिक विधाबाट अर्वाड हासिल गरिरहदा नव गायकको अवार्ड रबि मल्लले हासिल गरेका छन् ।
यसैगरि टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक , अन्जु गौतमले पूर्वेली लोक गीतबाट अवार्ड हासिल गरिन । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आफनो पोल्टामा पार्न सफल भए भने महिला मोडलतर्फ सुप्रिय कटुवालले अवार्ड उचालेकि छन् । आधुनिक पप महिला गायन तर्फको अवार्ड मिलन अमात्यले , पप गायकतर्फ विजय लामाले रिन काटी रुमाल गीतबाट अवार्ड जितेका छन् ।
यसैगरि उत्कृष्ट म्यजिक भिडियो तर्फको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरत बाबु के.सीले हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्किले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको घोषण गरेका छन् ।
पूर्वाञ्चलमै पहिलो पटक रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ गर्न सफल भएको भन्दै उनले अगामी दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् । कार्यक्रमा विभिन्न आकर्षक नृत्यहरु समेत राखिएको थियो ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..