बझाङ – यहाँका व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् ।
स्थानीय व्यापारीले दाल, चामल, चिनी, तथा माछा मासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेका पाइएको छ । उपभोक्ता तौलमा ठगिँदासमेत स्थानीय प्रशासन भने मौन छ । अझै पनि सदरमुकाम चैनुपरदेखि यहाँका मुख्य बजार तमैल, झौता, देउरा, बागथाला, सुनकुडा, देउलेकलगायत क्षेत्रमा ढुङ्गाकै ढक प्रयोग हुने गरको छ । “न त कमाइ खाने जमिन छ, नत रोजगार नै । दैनिक ज्यालादारी गरेर चैनपुरको पसलबाट खाद्यान्न लिने गरेको छु, साहुले दैनिक ढुङ्गाको ढकमा तौलेर दिने गरेको छ”–स्थानीयासी करन विकले भने ।
उनले भने, “विरोध गरे उधारो नपाइला भन्ने डर, शङ्का लागेर फलामको प्रमाणित ढक भएको तराजुमा जोख्दा दुई किलो चामलमा एक पाउ कम भयो ।” आफू यसरी दुई वर्षदेखि तौलमा ठगिदै आएको उनको भनाइ थियो ।
व्यापारीले खाद्यान्न, तरकारी माछामासु ढुङ्गाको ढकमा तौलेर बेच्दा आफूहरु ठगिँदै आएको जयपृथ्वी नगरपालिका–४ का ५५ वर्षीय मदन स्नेहीको गुनासो थियो । “ढुङ्गाको ढक किन राखेको, फलामे ढक खोइ” भन्दा “एक ढक हरायो, बराबर तौलको ढुङ्गाा हो” भनेर जवाफ दिने गरेको उनीहरुको भनाइ छ ।
“व्यापारीले चर्को मूल्यमा कम तौल भएको सामान बेच्दा गरिब नै बढी ठगिएका छन्”,चैनपुरका नागरिक अगुवा धर्मसिंहले भने । चैनपुरमा प्रतिकिलो मोटो चामलको ४५, चिनी र दाल रु एक एक सय र माछा प्रतिकिलो ३५० मा खरिदबिक्री हुने गरेको छ ।
यसैबीच उद्योग वाणिज्य सङ्घले सदरमुकामदेखि ग्रामीण भेगका सबै व्यापारीमा मूल्यमा एकरुपता ल्याउन दरभाउ कायम गरेको छ । प्रजिअ सुनिल खनालले सहायक प्रजिअको संयोजकत्वमा अनुगमन समिति गठन भएको र उक्त समितिले बजार अनुगमनलाई तीव्र बनाउने र ठगी गर्नेलाई कडा कारबाही हुने बताए ।
लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्र..
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपा..
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ ज..
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता ..
आकाश तारा बयक सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्रवाह गर्ने भएको छ । देशभरका साढ..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्ष..
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्र..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..