रा.वा. बैंकको लोपोन्मुख आदिवासी–जनजाती विद्यार्थीलाई छात्रवृत्ती

फागुन ६

रा.वा. बैंकको लोपोन्मुख आदिवासी–जनजाती विद्यार्थीलाई छात्रवृत्ती

काठमाडौ–राष्ट्रिय वाणिज्य बैंकले लोपोन्मुख आदिवासी÷जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा विशेष टेवा पुर्याउने उद्धेश्यले स्थापना गरेको रा.वा.बैंक स्वर्ण जयन्ती छात्रवृत्ती शुक्रबार प्रदान गरेको छ । एक समारोहका बीच बैंक संचालक समितिका सदस्य डा.रामदेव सिंहले उक्र छात्रवृति प्दान गरेका हुन् ।
कार्यक्रममा संचालक डा.सिंहले बैंकको संस्थागत सामाजीक जीम्मेवारी अन्तर्गत सो छात्रवृत्ती प्रदान गरिएको र छात्रवृत्ती पाउने विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि शुभकामना दिए । देशभरका विभिन्न कलेजमा अध्ययनरत लोपोन्मुख आदिवासी÷जनजाती समुदायका ६ जना विद्यार्थीहरुलाई कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनका लागि सो छात्रवृत्ती प्रदान गरिएको हो । कक्षा ११ र १२ अध्ययनका लागि धर्मराज पथ्थरकट(कुशवाडीया)का लागि मासीक रु ३,५००।– का दरले दुई वर्ष सम्म बैंकले छात्रवृत्ती प्रदान गरेको छ । त्यसैगरी मासीक रु ५,०००।– का दरले तीन वर्ष सम्म स्नातक तह अध्ययन गर्नका लागि कृष्णगोपाल हायु, प्रविन्द्र राजी, विपुल मेचे चौधरी, मेनुका हायु र राजाराम राजीलाई छात्रवृत्ती प्रदान गरिएको छ ।
कार्यक्रममा बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केशब प्रसाद लम्साल, विभागीय प्रमुख उद्धब प्रसाद खनाल, कपिलमणी ज्ञवाली, देबेन्द्र रमण खनाल, शंकर कुमार रायमाझी, विभागीय उप प्रमुख नारायण प्रसाद सुवेदी, कम्पनी सचिव शंभुनाथ योगी लगायतको उपस्थित थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल