लहान – केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिएका छन् । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित भएका हुन् ।
विगतमा नजिकमा चिनी मिल नभएका कारण उनलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो । मिलबाट उचित मुल्य नपाएका कारण पनि उनी निराश थिए । ‘कष्ट खेपेर उखु चिनी मिलसम्म पु¥याएपनि मिलले समयमा रकम दिँदैनथ्यो,’ महतोले भने ।
गाउँमै चिनी मिल खुलेपछि अब उनलाई उखु अन्यत्र पु¥याउनुपर्ने बाध्यता छैन । ‘उखु ढुवानी गर्न सहज भएको छ,’ उनले भने । हिमालय चिनी मिलबाट समयमै उखुको मुल्य पाउन थालेकाले उखुखेती गर्न उत्साह बढेको उनको भनाइ छ ।
जिल्लामा चिनी मिल नुहँदा महोत्तरीको एभरेष्ट चिनी मिलसम्म उखु पु¥याउँदै आएका बिष्णुपुरका सन्तलाल साह पनि गाउँ नजिकै चिनी मिल खुलेपछि खुसी छन् । ‘मिलले समयमा उखुको मुल्य नदिँदा उखुखेती नै छाड्ने अवस्थामा पुगेको थिए,’ उनले भने ।
आफ्नै गाउँमा चिनी मिल खुलेपछि उखुको ढुवानी सहज र सस्तो भएको चन्द्रअयोध्यापुरका सोभित महतोको भनाइ छ । चन्द्रयोध्यापुरमा हिमालय चिनी मिल सञ्चालनमा आएपछि सिरहा र सप्तरीका उखु किसान हर्षित भएका छन् । सो मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो ।
उक्त मिलले करिब ३५० जनालाई रोजगारी दिएको छ । मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए । किसानलाई समयमा उखुको सुपथ मूल्यसँगै बीउ तथा सिँचाइ सुविधामा अनुदान दिँदै आएको उनी बताउँछन् । सो मिलले अहिले उखु प्रतिक्विन्टल रु ५१७ मा खरिद गर्दै आएको छ ।
सिरहासहित सप्तरी, धनुषा, सर्लाहीका साथै छिमेकी मुलुक भारतका कतिपय ठाउँबाट समेत उखु मिलसम्म ल्याउने गरिएको छ । जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखु खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..