दुधमा आत्मनिर्भर बन्दै नेपाल :  भारत पठाउने तयारी

भदौ १७  |   डिएनएन

दुधमा आत्मनिर्भर बन्दै नेपाल :  भारत पठाउने तयारी

काठमाडौं –  नेपाल धेरै कुरामा पर निर्भर भएपनि दुधको मामलामा आत्मनिर्भर हुँदै गएको छ । आत्मनिर्भर मात्र होइन, भारतबाट अयात हुँदै आएको दुधलाई रोकेर उल्टै पठाउन लागेको छ । यसको अरु कारण होइन, यसको कारण हो बैशाख १२ गतेको महाभूकम्प । भूकम्पपछि उत्पादन यथावत रहेपनि खपतमा कमी आएको छ । उत्पादीत दुध खपत नभएपछि किसानले सडकमा सो दुधलाई फ्याल्न थालेको छ ।
उत्पादित दुधलाई नेपालमै व्यवस्थित गर्न नसकेपछि बरु भारतको अयात रोकेर उतै पठाउनु नै बुद्धिमानी हुने भन्दै सरकारले दुध भारत पठाउने तयारी गरेको जानकारी गराएको छ । कृषि मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी बन्द हड्ताल तथा भूकम्पका कारण दुध खपतमा धेरै कमी आएकाले बढी भएको दुध भारत पठाउन लागेको जानकारी गराएको छ । बन्द र हड्तालका कारण ढुवानीमा समस्या रहेको र उत्पादित दूधले पनि बजार नपाएपछि भारत निर्यातका लागि गृहकार्य शुरु गरिएको कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले बताए ।
dairy-milk-nepalदैनिक दुई लाख ५२ हजार मूल्य बराबरको करिब ६० हजार लिटर तरल दूध भारत निर्यात गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यता राष्ट्रिय दुग्ध विकास बोर्डले हालसम्म १२ लाख के.जी. घृतांश (घीउ) रहित धुलो दुध र १४ लाख के.जी. बटर (घीउ तथा बखनसमेत) मौज्दात रहेकाले कम्तिमा छ महिनाका लागि विदेशबाट घृतांशरहित धुलो दुध, घीउ, मखनलगायत दुधजन्य पदार्थ भारतबाट अयातमा रोक लगाउनुपर्ने कृषि मन्त्रालयलाई पत्र पठाएको छ ।
देशभर दैनिक १७ लाख लिटर दूध उत्पादन हुँदै आए पनि डीडीसी र निजी क्षेत्रले गरेर दैनिक सात लाख लिटर दूधमात्रै खरिद गर्दै आएको छ । बाँकी १० लाख लिटर दूध स्थानीय बजारको मिठाइ पसल र उत्पादनकर्ता आफै प्रयोग गर्दै आएको छ । डीडीसीले दैनिक एक लाख ८० हजार दूध खरिद गरेर एक लाख ५५ हजार लिटर बिक्री गर्दै आएको छ । बाँकी २५ हजार लिटर दुध बढी भएको छ । डिडीसीका महाप्रबन्धक गंगा तिमिल्सिनाका अनुसार भूकम्प आएको दिन १ लाख ४५ हजार लिटर दुध विक्रि भएको थियो त्यसको भोली पल्ट ४५ हजार लिटर मात्र दुध विक्रि भएको बताए ।
सचिव भट्टराईका अनुसार सरकारले निजी क्षेत्र र डीडीसी दुवैलाई दूध निर्यातका लागि सैद्धान्तिक सहमति दिइसकेको छ । तर, भारतमा भन्दा नेपालमा दूधको भाउ लिटरमा ६ रुपैयाँ बढी छ ।
नेपाली डेरीले लागतको आधारमा भारतमा लिटरको ४८ रुपैयाँमा दूध बिक्री गर्ने प्रस्ताव गरेको छ । तर, भारतमा भने दूधको मूल्य लिटरको ४२ रुपियाँ मात्र रहेको छ । मूल्य समायोजन गर्न अर्थ मन्त्रालयसँग अनुदान उपलब्ध गराउन पत्राचार गरिएको सचिव भट्टराईले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल