च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटी अन्तिम १६ मा

कार्तिक १८

च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटी अन्तिम १६ मा

_86492109_fernandinho_reutersसेभिया – इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सेभियालाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह डि अन्तरगत मंगलबार राती सम्पन्न खेलमा सिटीले सेभियाकै गृहमैदानमा ३—१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा सिटीले ८ औं मिनेटमा नै राहिम स्टर्लिङको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसको लगत्तै फर्नान्डिन्होले सिटीको अग्रता दोब्बर बनाए ।
बेनोइट ट्रेमोलिनासले गोल गर्दै खेलमा सेभियालाई फर्काउने प्रयास गरे पनि विल्फ्रेड बोनीले पुनः सिटीको अग्रता दोब्बर बनाए ।
खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन र खेल ३—१ मा सकियो । उता, समुहको अर्को खेलमा युभेन्टस बोरुसिया मोन्चेन्ग्लाडबाचसँग १—१ को बराबरीमा रोकिएपछि सिटी यसअघिका सिजनभन्दा चाँडै अन्तिम १६ मा प्रवेश गरेको हो ।
अझै पनि सेभियाको सिटी जत्तिकै अंक बटुल्ने सम्भावना रहे पनि सिटीले हेड टु हेडको आधारमा सेभियालाई पछि पार्दै अन्तिम १६ मा छनौट हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल