सिण्डीकेटको पक्षमा ग्याँस उद्योगी

फागुन ४

सिण्डीकेटको पक्षमा ग्याँस उद्योगी

काठमाडौ–एलपी ग्याँस उद्योग संघले बजारमा बढ्दो महंगीको अनुपातमा कमिशन उपलब्ध गराउन सरकारलाई दवाव दिएको छ । संघले ग्याँस बिक्रीबाट हुने नाफा कम भएको भन्दै बढ्दो महंगीको अनुपातमा तत्काल कमिसन थप गर्न सरकारलाई दिवाव दिएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव दिवान चन्दले बिक्री भएको ग्यास सिलिण्डरको संख्याका आधारमा आयल निगमबाट प्राप्त हुँदै आएको कमिसन थोरै भएकाले प्रतिशतकै आधारमा थप गर्न माग गरे ।

file photo

ग्याँस ढुवानीसम्बन्धी बनेको नियमावली उद्योगीको हितविपरीत भएकोले सच्याँउन पनि उनीहरुले माग गरेका छन् । संसदीय समितिहरुले नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिएको निर्देशनविरुद्ध बनेको ढुवानीसम्बन्धी नियमावलीअनुसार निजी लगानीमा ग्यास बुलेट सञ्चालन गर्न नसक्ने स्थित आएको उद्योगीहरुको बताएका छन् ।
उद्योगीहरुले विभिन्न १७ वटा बुँदामा आफ्नो माग प्रस्तुत गरेका छन् । उनीहरुले नयाँ ग्याँस उद्योग खोल्न सरकारले दिएको अनुमति खारेज गर्नुपर्ने, ग्याँसको मूल्य घटाउन नपाइने, नेपालमा ग्यास स्टोरेज बढाउनु पर्ने, ग्याँसमा रातो वा नीलो रंग पोत्दा लाग्ने खर्च सरकारले ब्यहोर्नु पर्नेलगायतका माग राखेका छन् । आफूहरुको माग तत्काल सम्बोधन नगरे ग्यास उद्योग संघले सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल