राजदुतहरु भन्छन् –‘लगानी गर्ने बातावरण नै छैन’ (भिडियो)

फागुन ४

राजदुतहरु भन्छन् –‘लगानी गर्ने बातावरण नै छैन’ (भिडियो)

काठमाडौ– विभिन्न देशका राजदुतहरुले नेपालमा लगानी भित्र्याउने वातावरण अझै बन्न नसकेको गुनासो गरेका छन् । बुधबार उद्योग मन्त्री नविन्द्रराज जोशीसँगको सामूहिक भेटमा विभिन्न देशका राजदुतहरुले आफुहरु नेपालमा बैदेशिक लगानी भित्रयाउँन इच्छुक भएपनि त्यस अनुसारको ऐन÷कानुनको अभावले समस्या भएको बताएका हुन् ।
सरकारले आगामी फागुन १९ र २० गते काठमाडांैंमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ । सोही सम्मेलनको तयारीबारे सरकारका तर्फबाट जानकारी गराउँन बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले बैदेशिक लगानी भित्र्याँउनका लागि नेपालले बैदेशिक लगानी सम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने आवश्यक्ता पनि औल्याए ।

लगानी सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी गराउन राजदुतहरुसँग सामुहिक भेट गरिएको उद्योग मन्त्री जोशीले जानकारी दिए ।

बैठकमा मन्त्री जोशीले सरकार वैदेशिक लगानी भित्र्याउनका लागि सहजीकरण गर्न प्रतिवद्ध रहेको पनि बताएका थिए ।

त्यस अवसरमा मन्त्री जोशीले वैदेशिक लगानी भित्रयाउन आवश्यक परे श्रम कानुन संशोधन गर्न पनि सरकार पछि नपर्ने उल्लेख गरेका थिए ।

सरकारले वैदेशिक लगानी भित्र्याउने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल