एक नेपाली : जसले थाइल्यान्डमा भाग्य चम्काए

  |   गोकर्ण लामिछाने\डिएनएन

एक नेपाली : जसले थाइल्यान्डमा भाग्य चम्काए

prem datta (1)
थाइल्यान्ड – अभावले अवसरको ढोका खोलिदिन्छ भनेझैं लमजुङमा जन्मेका प्रेमदत्त दनाईं राजधानीमा जागिर नपाएपछि काम खोज्दै थाइल्यान्ड हनिएका थिए । थाइल्यान्ड विमानस्थलमा अवतरण भएसँगै उनको पहिलो पाइला फुकेट पातोङ बिचमा अडियो । आजभन्दा १६ वर्षअघि फुकेटमा उनको पाइला मात्रै अडिएको थिएन, बरु नेपाली युवाको बेरोजगारीको दर्दनाक कथाले उनीजस्ता धेरैलाई पछ्याइरहेको थियो ।
त्यहाँ उनले एउटा टेलरिङ सेन्टरमा सेल्सम्यानको जागिर पाए । उमेरले ४६ टेकिसकेका प्रेमदत्त भन्छन्, ‘तीन वर्ष सेल्सम्यानको काम गरेपछि आफैंले बिजनेस ओपन गरेँ ।’
उनले जुन पसलमा तीन वर्ष सेल्स म्यान भएर काम गरे, पछि त्यही पसल आफ्नो बनाउने अवसरको ढोका खुल्यो । यसरी पहिले कामदारको परिचय बोकेका दनाईं पछि ‘साहुजी’ मा बदलिए ।
आजकल युरोपियन मुलुकमा आर्थिक संकट बढेको छ । त्यसको असर थाइल्यान्डसम्म पुगेको छ । प्रतिस्पर्धा कहाँ छैन ? यस्तोमा थाइल्यान्डको व्यापार पनि प्रतिस्पर्धाकै उखरमाउलोबाट अगाडि बढ्दै छ । त्यसैले त प्रेमदत्त भन्छन्, ‘तीन–चार वर्ष यता बिजनेसको रफ्तार स्लो भएको छ ।’
थाइल्यान्डमा नेपालीले खोलेको टेलरिङ सेन्टरमा विशेषतः युरोपियन र अस्ट्रेलियनले सपिङ गर्छन् । करिब तीन साताको समय मिलाएर घुम्न जानेले युरोप, अस्ट्रेलियातिर निकै महँगो हुने कारणले थाइल्यान्डमा कपडा सिलाउने गरेका छन् ।
प्रेमदत्तको कपडा पसलमा मुख्यतः सुट पाइन्ट र लेदरका कपडा, लेडिजका ब्लाउज, सर्टहरू र विवाहका लागि आवश्यक कपडा पनि पाइन्छन् ।
फुकेट पुगेपछि टेलरमा सेल्सम्यानको काम नपाएका भए सायद प्रेमदत्त यतिबेला अरु नै पेसामा हुन्थे होला । अरु पेसा रोजेको भए अहिले उनी साहु हुन्थे कि कामदार नै रहन्थे भन्न सकिन्न । तर, तीनवर्षे सेल्सम्यानको अनुभवले उनीभित्र आफैंले व्यवसाय हाँक्न सक्ने आत्मविश्वास पलाएको थियो । भन्छन्, ‘अनुभव बढेपछि आफैंले गरेमा केही हुन्छ भन्ने लाग्यो, किनकि अर्कोको काम गर्नु र आफ्नो काम गर्नुमा धेरै अन्तर हुन्छ । अनि आफैंले काम गरेको पसल पार्टनरसिपमा किन्ने निधो गरेँ ।’

थाइल्यान्डमा अनुशासित व्यापार

केही वर्षअघि मासिक ६ लाखको व्यापार हुने गरे पनि आजकाल ठ्याक्कै ५० प्रतिशतमा झरेको बताउँछन् प्रेमदत्त । भन्छन्, ‘आज–भोलि मासिक तीन लाख जतिको व्यापार हुन्छ, पहिला ५–६ लाख हुन्थ्यो ।’
बिक्रीको भोल्युम घटे पनि प्रेमदत्त जस्ता धेरै नेपाली टेलर व्यवसायीले नोक्सान व्यहोर्नुपरेको छैन ।

थाइल्यान्डमा व्यापार गर्न चाहने विदेशीले पनि कम्पनी खोल्न पाउँछन् । प्रेमदत्तले पनि कम्पनी दर्ता गरेका छन् । थाई नागरिकको पनि पार्टनरसिप भएकाले उनको टेलरले कर लगायत कुरामा सहुलियत पाउँदै आएको छ । सेयर होल्डरमा थाई नागरिकको ५१ र प्रेमदत्तको ४९ प्रतिशत अधिकार छ ।

युरोपियन ग्राहकसँग व्यापार गर्दा टाइममा डेलिभरी दिनुपर्ने हुन्छ । कपडाको क्वालिटीमा पनि कुनै सम्झौता हुँदैन । ‘यति टाइममा सक्नुपर्छ भनेपछि नसकी सुख पाइन्न, यहाँ एकदमै फिक्स खालको व्यापार हुन्छ । नेपालको व्यापारिक स्टाइल चाहिँ लोकल किसिमको छ,’ दुई देशको व्यापार तुलना गर्दै दनाईंले भने ।
नेपालको अस्थिर राजनीतिले प्राइभेट सेक्टरमा पनि ठूलो असर गरेको हुन्छ । तर, थाइल्यान्डको व्यापारमा राजनीति लगायत अन्य कुराले कुनै असर गर्दैन । नेपाल र थाइल्यान्डको व्यापारिक वातावरणमा आकाश पातालको फरक हुने उनी बताउँछन् ।
थाइल्यान्डमा व्यापार गर्न चाहने विदेशीले पनि कम्पनी खोल्न पाउँछन् । प्रेमदत्तले पनि कम्पनी दर्ता गरेका छन् । थाई नागरिकको पनि पार्टनरसिप भएकाले उनको टेलरले कर लगायत कुरामा सहुलियत पाउँदै आएको छ । सेयर होल्डरमा थाई नागरिकको ५१ र प्रेमदत्तको ४९ प्रतिशत अधिकार छ । उनी भन्छन्, ‘यहाँको कानुनको सीमामा बसेर व्यापार चलाउन नेपालको तुलनामा धेरै सजिलो छ ।’

prem datta (2)

अस्थिर नेपाली राजनीतिले दिक्क

थाइल्यान्डको बन्द–व्यापारमा व्यस्त रहने प्रेमदत्त वर्षमा एकपटक नेपाल पुग्छन् । नेपाल नआएका बेला पनि उनी २४सै घन्टा नेपालका घटनाक्रमबारे अपडेट भइरहन्छन् । इन्टरनेटको पहुँचका कारण पलपलका नेपाली समाचार उनको मोबाइलमा झुल्किरहन्छन् । यसरी हरेक पल नेपाली समाचारमा आँखा दौडाइरहँदा उनलाई सधैँ एउटा कुरा खड्किरहन्छ, ‘नेपालको राजनीति किन स्थिर हुन सकेन ?’
उनी भन्छन्, ‘नेपालको राजनीतिक अवस्था देख्दा कहिलेकाहीँ दिक्क पनि लाग्छ, आफ्नो जन्मभूमिको माया लाग्छ, देश सप्रियोस्, राजनीतिक स्थायित्व होस् भन्ने कुरा सधैँ खड्किरहन्छ ।’
त्यही देशप्रेमकै कारण थाइल्यान्डमा बस्दै आएका धेरै प्रेमदत्तहरू बारम्बार नेपालबारे कुरा गरिहन्छन् ।
थाइल्यान्डमा टेलरिङ व्यवसायको रथ हाँक्ने नेपालीका ग्राहक भने नेपाली हुँदैनन् । बरु उनीहरू युरोपियन, अस्ट्रेलियन र अमेरिकन ग्राहकसँग शालिन शैलीमा मोलमोलाइ गरिरहेका भेटिन्छन् ।
फुकेट पातोङ बिचमा थोरै संख्यामा नेपाली व्यवसायी सक्रिय भए पनि गैरआवासीय नेपालीको संगठन राम्रो छ । प्रेमदत्त भन्छन्, ‘फुकेटमा ४५ जनाको संगठन छ, तर आगामी दिनमा बर्माबाट आउने नेपाली मूलका दाजुभाइलाई पनि समेट्ने प्रयत्न गर्दै छौं ।’
एनआरएन ‘साउथ रिजनल कोअर्डिनेसन काउन्सिलको’ को हेड रहेका प्रेमदत्त परदेशमा बस्ने नेपालीलाई एउटै छातामुनि ल्याउन पनि सक्रियतापूर्वक लागिपरेका छन् ।
जन्मभूमि शोकमा डुब्दा कसको आँखा रसाउँदैन ? नेपालमा बाढी–पहिरोले जनधनको क्षति हुँदा फुकेट पातोङ बिचमा बस्ने नेपालीले चन्दा संकलन गरेर नेपाल पठाए । उनी भन्छन्, ‘भुँइचालो जाँदा एनआरएन लगायत यहाँका संघ–संस्था मिलेर करिब ४३ लाख थाई भाट पठाउन सफल भयौं ।’

थाइल्यान्डभरि नेपाली सुट

प्रेमदत्त जतिबेला थाइल्यान्ड पुगे, त्यतिबेला अंग्रेजी बोल्न जान्नेहरूले टेलर्समा काम पाउँथे । उनी भन्छन्, ‘थाईहरूलाई त्यति अंग्रेजी नआउने हुनाले उनीहरूले कस्टमरसँग राम्रो डिल गर्न नसक्ने अवस्था थियो । सिलाउनेमा उनीहरू अगाडि नै थिए ।’
टेलरिङ क्षेत्रमै अनुभव बटुल्दै जाँदा धेरै नेपाली त्यही व्यवसायमा लागे । अनुभव बटुलेको पेसालाई नेपालीले विस्तार गर्न चाहे । त्यसपछि थाइल्यान्डका धेरै सहरहरूमा नेपाली व्यवसायीले कपडाको व्यवसाय सुरु गरे । त्यसैको परिणामा आज थाइल्यान्डभरि नेपाली व्यवसायीले बनाएका सुटले मार्केट लिएको छ ।
बेला–बेला आफ्ना सहयोगीलाई पसल सुम्पेर प्रेमदत्त युरोपियन, अस्ट्रेलिया र अमेरिकातिर सुट अर्डर लिन जान्छन् । भन्छन्, ‘विभिन्न देशमा गएर अर्डर ल्याउने अनि पार्सल गरिदिने गर्छु ।’
अर्डर लिनका लागि उनी स्विट्जरल्यान्ड, स्कान्डेनिभिया, जर्मन, अस्ट्रिया बेल्जियम, हल्यान्ड र चेक रिपब्लिकसम्म पुग्छन् ।
युरोप, अमेरिकाको तुलनामा थाइल्यान्डमा कपडाको मूल्य सस्तो छ । पहिले जो प्रेमदत्तका ग्राहक थिए, उनीहरूसँगको सम्बन्ध अझै मजबुत हुँदै गएको छ । उनीहरूको सिफारिसमा हरेक वर्ष नयाँ ग्राहक बढिरहेका छन् । यही त हो, व्यापारको कमाल ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल