काठमाडौँ – जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्ताक्षर गरे ।
उक्त परियोजना कार्यान्वयनमा जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले सम्झौता गरे । खानेपानी संस्थानले कार्यान्वयन गर्ने उक्त आयोजनाअन्तर्गत पानी प्रशोधन केन्द्र, खानेपानी वितरण प्रणालीको सुधार, उपभोक्ताले प्रयोग गर्ने मिटरलगायत काम हुनेछ ।
सन् २०२२ मा सम्पन्न हुने उक्त परियोजनापछि ४० करोड २० लाख लिटर पानी प्रतिदिन वितरण हुनेछ । परियोजना समापनपछि चार लाख पाँच हजार नागरिक लाभान्वित हुनेछन् ।
सो अवसरमा अर्थ सचिव सुवेदीले जापान नेपालको मुख्य विकास साझेदार भएको उल्लेख गर्दै खानेपानी जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित विषयमा आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरे ।
नेपालका लागि जापानी राजदूत ओगावाले परियोजना कार्यान्वन भएपछि पोखराका जनता सहज रुपमा स्वच्छ पानी पिउन पाउने उल्लेख गर्दै पोखराको जनजीवनमा सुधार ल्याउन मद्दत पुग्ने बताए ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..