फिक्सिङ र अन्डर १६ प्रकरणबारे राखेपले माग्यो एन्फासँग स्पष्टिकरण (पत्रसहित)

कार्तिक १७

फिक्सिङ र अन्डर १६ प्रकरणबारे राखेपले माग्यो एन्फासँग स्पष्टिकरण (पत्रसहित)

20141106rpp-nepal-sister-wings-against-ganesh-thapa-600x0काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई फुटबलमा भएको म्याचफिक्सिङ प्रकरणबारे स्पष्टिकरण मागेको छ । गत कार्तिक १५ गते पत्र पठाउँदै राखेपले एन्फासँग स्पष्टिकरण मागेको हो ।
‘विगत लामो समयदेखि स्थापित खेलाडीहरुबाट म्याच फिक्सिङ जस्तो अत्यन्त लज्जास्पद कार्य भएको तर्फ सम्पूर्ण राष्ट्र नै गम्भिर भइरहेको अवस्थामा के, कसरी यस्तो कार्य भएको हो । को कसको जिम्मेवारी रहेको हुँदा आगामी दिनहरुमा यसलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा संघले आयोजना गर्ने, सहभागिता जनाउने प्रतियोगिताहरुमा भएको कार्य दोहोर्याउन नदिन संघबाट कस्तो कायृको थालनी गरिएको छ ? संघबाट यस सम्बन्धमा आवश्यक छानविन भएको छ कि छैन ? यी सम्पूर्ण विषयहरुमा सत्य तथ्य विवरण, संघको धारणासहित पेश गर्नहुन अनुरोध छ,’ पत्रमा लेखिएको छ ।
त्यस्तै, राखेपले एएफसी अन्डर १६ फुटबल प्रतियोगितामा छनौट प्रतियोगितामा उमेरभन्दा बढीका खेलाडी खेलाइएको विषयमा पनि स्पष्टिकरण माग गरेको छ ।
हेर्नुहोस् पत्र

ANFA 1ANFA 2

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल