पहिलोपटक नेपालमा यसरी गरियो ड्रोन उडाउने प्रतियोगिता (भिडियोसहित)

माघ २९

पहिलोपटक नेपालमा यसरी गरियो ड्रोन उडाउने प्रतियोगिता (भिडियोसहित)

शम्भु दंगाल

काठमाडौं –पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले पहिलोपटक नेपालमा ड्रोन उडाउने  प्रतियोगिता गरेका छन् ।

इन्जिनियरिङ्का स्नातक तह चौथो बर्षका विद्यार्थीको समूहले आफैले निर्माण गरेको ड्रोन उडाउने नौलो प्रतियोगिताको आयोजना गरेका हुन् ।

माघ २७ गते शुरु भएको चौधौँ राष्ट्रिय प्रविधी मेलामा दोश्रो दिन रोबोट फाइट प्रतियोगिता आयोजना गरिएको थियो ।

भक्तपुरको ख्वप इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीले बनाएको वाले नाम गरेको रोबोटले प्रतियोगिता जितेको थियो ।

मेलाको अन्तिम दिन शनिवार ड्रोन उडान प्रतियोगिता गरिएको हो । यो प्रतियोगितामा विभिन्न क्याम्पसमा इन्जिनियरिङ गरिरहेका बिद्यार्थीहरुले निमार्ण गरेका १० ड्रोन सहभागी छन् ।

रोबोट फाइट र ड्रोन उढानमा पहिलो हुने विद्यार्थीलाई नगद ४० हजार रुपैयाँसहित पुरस्कृत गरिने कार्यक्रममा संयोगक विद्यार्थी समिप सुवेदीले जानकारी दिए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्नातक तहमा कम्प्युटर, इलेक्ट्रोनिक्स र इलेक्ट्रीकल बिषय लिएर अध्ययन गरेका बिद्यार्थीहरुको समुहले आयोजना गरेको मेलामा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतका ईन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

ड्रोन भनेको मानव रहित विमान हो । रिमोटबाट उडाउन सकिने सानो आकारका विमान फोटोग्राफी, भिडियोग्राफी, अनुसन्धान तथा विभिन्न काममा प्रयोग हुने गरेको छ । यस्तो ड्रोनप्रति अहिले नेपालमा आकर्षण बढेको छ ।

नेपाली इन्जिनियरहरुले अन्र्तराष्ट्रिय बजारमा पाइने गुणस्तरका ड्रोन बनाँउन सक्षम रहेको बताएका छन् ।

हेर्नुहोस भिडियोमा :

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल