टोरेन्टबाट नयाँ फिल्म डाउनलोड गर्नुहुन्छ ? यसरी ‘पाठ’ सिकाउँदैछ गुगलले

माघ २९  |   एजेन्सी

टोरेन्टबाट नयाँ फिल्म डाउनलोड गर्नुहुन्छ ? यसरी ‘पाठ’ सिकाउँदैछ गुगलले

पाइरेसीमाथि ‘लगाम’ लगाउनका लागि संसारका सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र अन्य सर्च इन्जिनले कम्मर कसेका छन् ।

इन्टरटेन्मेन्ट कम्पनीसँगै सर्च इन्जिनहरुको नयाँ कोडबारे कुराकानी चलिरहेको छ जसमार्फत पाइरेटेड सामग्रीको खोजीको परिणाम कम देखिनेछ । अर्थात्, अब टोरेन्टलाई खोज्न मुश्किल हुने भएको छ ।

यूकेका इन्टेलेक्चुअल प्रोपर्टी राइट्सका अनुसार नयाँ सम्झौताको हिसाबले सबै कम्पनीहरुलाई जून १ तारिखसम्म नयाँ नियम तय गर्न आग्रह गरेको छ ।

कपिराइट होल्डर्सले आफ्नो सामग्रीलाई पाइरेसीबाट बचाउनका लागि यी सर्च इन्जिनको परिणामसँग जुध्नुपर्छ । टोरेन्टफ्रेक्सका अनुसार सरकारले गुगल र मनोरञ्जन जगतको प्रतिनिधिहरुलाई एकैसाथ ल्याएर समाधानमाथि विचार गरिरहेको छ । त्यस्तै, कम्पनी आफ्नो स्तरबाट सम्झौता गर्ने तयारीमा  छ ।

बेलायती सांसद पीटा जेन बसकम्बका अनुसार सर्च इन्जिनले आफ्नो काम र प्रक्रियामा सुधारका लागि सुरुदेखि नै सहकार्य गरिरहेको छ । यहाँ आपसी सम्झौताबाट समाधान निकाल्ने निर्णय भएको छ । अहिले यसमा कुनै पनि प्रकारको बाहिरी हस्तक्षेपको आवश्यकता छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल