रोनाल्डोका छोरा नै मेस्सीको फ्यान (भिडियोसहित)

कार्तिक १७  |   (एजेन्सी)

रोनाल्डोका छोरा नै मेस्सीको फ्यान (भिडियोसहित)

म्याड्रिड – पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी वर्तमान फुटबलका ठूला प्रतिस्पर्धी मानिन्छन् । मेस्सीलाई इतिहासमै उत्कृष्ट फुटबलरका रुपमा समेत म्याराडोना र पेलेसँग तुलना गरिन्छ भने रोनाल्डो वर्तमान विश्वमा उनलाई चुनौती दिनसक्ने एकमात्रै फुटबलर हुन् ।

ronaldo and son
रोचक कुरा, रोनाल्डोका ५ वर्षीय छोरा क्रिष्टियानो जूनियर यि सबै कुरालाई बिर्सेर मेस्सीसँग आर्कषित छन् । उनी मेस्सीका विषयमा धेरैभन्दा धेरै जानकारी राख्न चाहन्छन् ।
केही साताअघि रोनाल्डोले चौथोपटक युरोपेली गोल्डेन बुट जित्दा जुनियर क्रिष्टियानोले यस्तै प्रश्न राखेर हजूरआमालाई हैरान पारे । आमा डोलोरेस र उनका छोरा जूनियर क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जित्दा स्टेजमा उपस्थित थिए ।
रोनाल्डोले गोल्डेन बुट जित्नासाथ छोरा जूनियर क्रिष्टियानोले हजूरआमासँग प्रश्न राख्न भ्याए, ‘मेस्सीले अहिलेसम्म कतिवटा गोल्डेन बुट जितेका छन्, ४ कि ५ ?’ हजूरआमा डोलेरेसले भने नातिको प्रश्नको जवाफ फर्काउँदै मेस्सीको विषयमा जानकारी नरहेको बताइन् । उनले थपिन्, ‘तिम्रो बाबुले तीनवटा बेलोन डि अर र चारवटा गोल्डेन बुट जितेका छन् । मेस्सीले अहिलेसम्म रोनाल्डोलेभन्दा बढी बेलोन डि आर जितेका छन् । उनले चार पटक विश्व वर्ष खेलाडीको उपाधी जितेका छन् । तर गोल्डेन बुट भने रोनाल्डोले जत्तिको जित्न सकेका छ्रैनन् ।’ मेस्सीले अहिलेसम्म तीनपटक युरोपेली गोल्डेन बुट जितेका छन् ।

रोनाल्डोका छोरा मेस्सी मोह पहिलो पटक भने देखिएका होइन । यसअघि यसै वर्ष जनवरीमा रोनाल्डोले मेस्सीलाई पछि पार्दै बेलोन डि अरको उपाधी जित्दा जूनियर क्रिष्टियानोले मेस्सीलाई भेटेका थिए । त्यतिबेला रोनाल्डो पुत्रको मोह देखेर मेस्सी दंग परेका थिए ।
रोनाल्डोलाई पनि आफ्ना छोरा मेस्सीको फ्यान भएकोमा खासै दुःख छैन् । तर उनी छोराले गोलकिपर बन्ने इच्छा व्यक्त गर्दा भने निकै दुखित देखिएका छन् । रोनाल्डोको जीवनी समेटिएको नयाँ चलचित्रमा उनका छोराले भविष्यमा गोलकिपर बन्ने बताएका छन्, जून कुराले रोनाल्डो हैरान देखिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल