संकटमा मोरिन्हो : चेल्सी प्रशिक्षकलाई स्टेडियमा प्रतिबन्धन र जरिवाना

संकटमा मोरिन्हो : चेल्सी प्रशिक्षकलाई स्टेडियमा प्रतिबन्धन र जरिवाना

_86469396_mourinho_reutersलण्डन — चेल्सीका प्रशिक्षक जोसे मोरिन्होलाई फुटबल एसोसिएनले एक खेलमा स्टेडियमा छिर्नबाट प्रतिबन्ध लगाइएको छ भने ४० हजार पाउण्ड जरिवाना तोकेको छ । गत अक्टोबर २४ मा वेस्ट ह्यामविरुद्धको खेलमा आफूले गलत भाषा र व्यवहार प्रदर्शन गरेको स्वीकार गरेपछि मोरिन्होमाथि प्रतिबन्ध लगाइएको हो ।
उक्त खेलमा ५२ वर्षीय मोरिन्होलाई खेलको दोस्रो हाफमा दर्शकदिर्घामा पठाइएको थियो । प्रतिबन्धसँगै उनले शनिबार स्टोकविरुद्धको खेल गुमाउनेछन् ।
तर, यसअघि सन् २००५ मा च्याम्पियन्स लिगको खेलमा जोसे मोरिन्होले यस्तै किसिमको प्रतिबन्ध खेपेका थिए । तर, स्टाफोर्डमा ब्रिजमा बायर्न म्युनिखबीचको खेलमा उनी लुकेर स्टेडियमभित्र प्रवेश गरेका थिए । त्यसपछि हाफमा ड्रेसिङ रुपमा खेलाडीहरुलाई निर्देशन दिएर उनी लन्ड्री बास्केटमा लुकेर बाहिरिएका थिए ।
गत वर्ष चेल्सीलाई प्रिमियर लिग जिताए पनि मोरिन्हो यसवर्ष निकै दबाबमा छन् । उनले प्रिमियिर लिगमा ६ वटा खेल हारिसकेका छन् भने उनको स्थानमा कार्लो एन्चेलोटीलाई ल्याउने चर्चा चल्न थालिसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल