यी पाँच स्मार्टफोनले यसवर्ष संसारभरी ‘धुम’ मच्चाउँदै

माघ २४  |   एजेन्सी

यी पाँच स्मार्टफोनले यसवर्ष संसारभरी ‘धुम’ मच्चाउँदै

यसवर्ष स्मार्टफोनको दुनियाँमा यस्ता पाँच स्मार्टफानेको प्रवेश हुँदैछन् जसले संसारभरी धुम मच्चाउनेछन् । यी स्मार्टफोनले भिन्न ट्रेन्ड सेट गर्नुका साथै गेम चेन्जरसमेत साबित हुने अनुमान गरिएको छ । एकतर्फ सामसङ छ जुन ग्यालेक्सी नोट सेभेन फ्लप भएपछि फ्याब्लेट ल्याउने तयारी गरिरहेको छ जुन निकै भिन्न हुनेछ । अर्कोतर्फ एप्पलले आफ्नो १० औं वर्षगाँठमा प्रवेश गरेको उपलक्ष्यमा आइफोन एट सार्वजनिक गरेर भिन्न ट्रेन्ड सेट गर्ने तयारी गरिरहेको छ । साथै, गुगलले आफ्नो सेकेन्ड जेनेरेसन पिक्सेलसँगै बजारमा आउँदैछ ।

आउनुहोस्, यसवर्ष धुम मच्चाउने पाँच स्मार्टफोनबारे जानकारी लिऔंः

iPhone 8:  यस वर्ष एप्पले आफ्नो १० औं वर्षगाँठमा प्रवेश गरेको उपलक्ष्यमा भिन्न अवतार भएको आफ्नो नयाँ फोन सार्वजनिक गर्ने तयारीमा रहेको छ । पछिल्लो वर्ष केही फिचर्सबाहेक आइफोन सेभेनमा खासै परिवर्तन गरिएको थिएन । तर रिपोर्टका अनुसार यस पटक आइफोनको युनिबडी ग्लासको हुनेछ, बेजल हुने छैन, वायरलेस चार्जिङ दिइनेछ र ओलेड स्क्रिन हुनेछ । साथै यसपटक एप्पलको नयाँ फोनमा होम बटन दिइने छैन र डिस्प्लेमा नै फिंगरप्रिन्ट स्क्यानर दिइनेछ ।

Galaxy S8 Edge: ग्यालेक्सी एस सेभेन एज पछिल्लो वर्षको सबैभन्दा सफल स्मार्टफोनमध्येको एक हो । थुप्रै कारणले यसले आइफोन सेभेनलाई पनि टक्कर दिएको छ । भर्खरै सामसङको नयाँ फोनका केही कथित तस्बिर सार्वजनिक भएका छन् जस अनुसार यसपटक फिंगरप्रिन्ट स्क्यानर पछाडि हुनेछ । अर्थात्, यस्तो सम्भव छ कि कम्पनीले यसपटक होम बटनको सट्टा कुनै नयाँ प्रविधिको प्रयोग गर्नेछ । यसका साथै यस पटक आइरिस स्क्यानरसहित नयाँ डिजिटल एसिस्टेन्स Bixby भएको खबर पनि सार्वजनिक भएको छ । यसलाई कम्पनीले विशेषगरी जटिल कमान्डलाई हल गर्नका लागि डिजाइन गरेको छ । क्वालकम स्न्यापड्र्यागन ८३५ प्रोसेसरका साथै क्वाड एचडी सुपर एमोलेड डिस्प्ले हुने खबर पनि छ । यसलाई आउँदो मार्च २९ तारिखमा सार्वजनिक गरिँदैछ ।

Nokia P1: नोकिया एन्ड्रोइड स्मार्टफोनसँगै एक पटक बजारमा पुनः फिर्ता भएको छ । योभन्दा पहिले यो स्मार्टफोनको प्रि–बुकिङले थुप्रै रेकर्ड तोडेको छ । अब मोबाइल जगतमा कम्पनीले आफ्नो हाई एण्ड स्मार्टफोन सम्भवतः पीवानसँगै धमाका गर्ने तयारी गरिरहेको छ । कथित लिक भएका तस्बिरमा यो निकै प्रिमियम डिभाइस देखिएको छ जसमा ग्यालेक्सी एसएटभन्दा उत्कृष्ट हुने आशा गरिएको छ । यो फोन आउँदो फेब्रेअरी २७ तारिखमा लञ्च गरिने कार्यक्रम तय भएको बताइएको छ । अर्थात् २७ तारिखमा नोकियोको पीवान र २९ फेब्रुअरीमा सामसङ ग्यालेक्सी एसएट । नोकियाको यो फ्ल्यागसिप डिभाइसमा पनि स्न्यापड्र्यागन ८३५सहित एन्ड्रोइड ७.० र अल्ट्रासोनिक फ्रिंगरप्रिन्ट स्क्यानर हुने बताइएको छ ।

LG G6: एलजीको सार्वजनिक हुन लागेको यो फ्ल्यागशिप स्मार्टफोनको डिजाइन लिक हुन सुरु भइसकेको छ । डुअल रियर क्यामर र ब्रश्ड मेटल डिजानमा यो निकै प्रिमियम देखिएको छ । रिपोर्टका अनुसार यसको डिस्प्लेमा कम बेजल हुनेछ अर्थात बिना बोर्डरको स्क्रिन ।

Google Pixel 2nd Generation : यसवर्ष धेरैजसो फ्ल्यागशिप स्मार्टफोनमा डुअल क्यामरा सेटअप पाउन सकिन्छ । पिक्सलको कथित रुपमा लिक भएका फोटोमा डुअल क्यामराको सेटअप देख्न सकिन्छ । यसका साथै गुगल पिक्सलमा कभ्र्ड डिस्प्ले हुने अनुमान गरिएको छ । साथै यस वर्ष बोर्डरलेस अर्थात कम बेजल भएको स्क्रिन ट्रेन्ड हुनेछ । त्यसकारण यसको लिक भएको फोटोमा पनि कम बेजल भएको डिस्प्ले देख्न सकिन्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल