फिफा वरियतामा अझै खस्कियो नेपाल

भदौ १७  |   डिएनएन

फिफा वरियतामा अझै खस्कियो नेपाल

काठमाडौं – फिफा वरियतामा नेपाल एक स्थान तल खस्केको छ । दक्षिण एसियाली देशहरु मध्ये पुछारमा रहेको नेपाल ५६ अंकसहित १ सय ८५ औं स्थानमा पुगेको हो ।
Fifaदक्षिण एसियाली देशहरु मध्ये अफगानिस्तान १ सय ३० औं स्थानसहित शीर्ष स्थानमा रहेको छ । भारत भने एक स्थान सुधार गर्दै १ सय ५५ औं स्थानमा रहेको छ । त्यसपछि क्रमशः भुटान (१ सय ६४), पाकिस्तान (१ सय ७०), बंगलादेश (१ सय ७३) मालदिभ्स (१ सय ७७) र श्रीलंका (१ सय ८४) रहेका छन् ।
उता, अर्जेन्टिना शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो र तेस्रो स्थानमा बेल्जियम र जमर्नी रहेका छन् । चिली दुई स्थान माथि उक्लँदै ८ औं स्थानमा आइपुगेको छ भने इंग्ल्याण्ड वेल्सभन्दा एक स्थान तल १० औं स्थानमा रहेको छ ।
फिफा वरियतामा सबैभन्दा सुधार गर्ने टोलीमा फिजी रहेको छ । फिजी १७ स्थान माथि उक्लँदै १ सय ८१ औं स्थानमा रहन सफल भएको छ ।

पूर्ण वरियता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल