बलिवुड नायिकासँग भारतीय क्रिकेटर हरभजनको लगनगाँठो

बलिवुड नायिकासँग भारतीय क्रिकेटर हरभजनको लगनगाँठो

bhajji
जलन्धर – ८ वर्षको प्रेमसम्बन्धपछि भारतीय क्रिकेटर हरभजन सिंहले बलिवुड नायिका गिता बस्रासँग विवाह बन्धनमा बाँधिएका छन् । जलन्धरको गुरुद्वारामा आयोजना गरिएको विवाहमा नजिकका मित्र र परिवारका सदस्यहरुलाई मात्र निमन्त्रणा गरिएको थियो । विवाह समारोह पाँच दिनसम्म चलेको थियो ।

28-1446033679-trends-2
ब्युटि प्याजेन्ट जिचेकी गीताले बलिवुडमा दुई चलचित्र खेले पनि खासै सफल हुन सकेकी थिइनन् । उनले सन् २००६ मा दिल दिया हे र सन् २००७ मा द ट्रेन नामक चलचित्र खेलेकी थिइन् ।
इंग्ल्याण्डको पोर्टस्मथकी गीताको परिवारले त्यहाँ स्टोर चलाउँछन् । दुवैको प्रेम सम्बन्ध २००७ बाट शुरु भएको थियो । बलिवुडमा असफल भएपछि उनी व्यक्तिगत काममा व्यस्त भएकी थिइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल