एन्ड्रोइडको दुनियाँमा नोकियाको धमाकेदार फिर्तीः ‘नोकिया सिक्स’ सार्वजनिक

पुस २६  |   एजेन्सी

एन्ड्रोइडको दुनियाँमा नोकियाको धमाकेदार फिर्तीः ‘नोकिया सिक्स’ सार्वजनिक

नोकिया ब्रान्डको मोबाइल बनाउने एचएमडी ग्लोबलले आफ्नो पहिलो स्मार्टफोन नोकिया सिक्ससहित बजारमा फिर्ता भएको छ । आफूले बताएजस्तै नोकियाले यो स्मार्टफोनको मूल्य कम तोकेको छ ।

फोनको विशेषतको कुरा गर्नु पर्दा नोकिया सिक्स फिंगरप्रिन्ट स्क्यानरसँगै मेटलको बडीसहित बजारमा भित्रिएको छ । लेटस्ट एन्ड्रोइड ७.० नूगामा काम गर्ने यो स्मार्टफोनमा २.५ गोरिल्ला ग्लास कोटिङका साथै ५.५ इन्चको फूल एचडी डिस्प्ले दिइएको छ । यो फोनमा क्वालकम स्न्यापड्र्यागन ४३० प्रोसेसर र ४ जीबीको र्याम र ६४ जीबीको इन्टरनेट स्टोरेज दिइएको  छ ।

यो डुअल सिम स्मार्टफोनमा ३००० एमएएचको नन रिमुभेबल ब्याट्रि दिइएको छ । यसमा १६ मेगापिक्सेल रियर क्यामर, डुअल टोन एलइडी फ्ल्याश र  f/2.0 अपर्चर हुनेछ । LED फ्ल्याश भएको यो फोनमा फेस डिटेक्सनको विशेषता पनि दिइएको छ । फ्रन्ट क्यामरामा 8MP, f/2.0  अपर्चर दिइएको छ । यसपटक नोकियाले आवाजमा विशेष ध्यान दिँदै डल्बी एटमोसबाट संचालित डुअल एम्प्लिफायर स्पिकर पनि राखेको छ ।

यो फोन चाँडै नै JD.com उपलब्ध हुने बताइएको छ । यो फोनको मूल्य १,६९९ (लगभग २६ हजार नेपाली रुपैयाँ) युआन तोकिएको छ । चीनमा सार्वजनिक भएको यो फोन नेपालमा भने कहिलेसम्म आइपुग्ने हो, यसबारे केही जानकारी छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल