आइफोनको १० औं जन्मदिनः थाहा पाऔं यसका १० रोचक तथ्य

पुस २६  |   एजेन्सी

आइफोनको १० औं जन्मदिनः थाहा पाऔं यसका १० रोचक तथ्य

एप्पलको आइफोन सोमबार १० औं वर्षमा प्रवेश गरेको छ । सन् २००७ को जनवरी ९ तारिखमा स्टिभ जबले म्याक वर्ल्ड कन्भेन्सनमा आइफोनको घोषणा गरेका थिए जसले थुप्रै मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भएको थियो । घोषणा गरेको पाँच महिना पछि सन् २००७ को जुन २९ तारिखमा पहिलो आइफोन सार्वजनिक गरियो ।

आइफोन सार्वजनिक हुने बित्तिकै यसले बजारमा हंगामा गर्यो । हेर्दा हेर्दै यो मानिसहरुबिच ‘स्टेटस सिम्बोल’ को रुपमा स्थापित भयो । आइफोन १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी यससँग सम्बन्धित रोचक तथ्यबारे यहाँ कुराकानी गर्दै छौं ।

१. सन् २०१६ को सेप्टेम्बरसम्म एप्पलले १ अर्ब आइफोन बेचिसकेको छ ।

२. एप्पलको राजस्वको ६० प्रतिशत हिस्सा आइफोनको माध्यमबाट आउँछ ।

३. एप्पलको आइफोनको एप स्टोरमा २२० करोड एप छन् । यीमध्ये ६० प्रतिशत एप अहिलेसम्म कसैले पनि डाउनलोड गरेका छैनन् ।

४.  एप्पलले सन् २०१२ मा प्रत्येक दिन ३ लाख ४० हजार आइफोन बिक्रि गरेको थियो ।

५. आइफोनको विज्ञापनमा डिफल्ट टाइम जहिले ९ः४१ को हुन्छ । स्टिभ जबले सन् २००७ को यहि समयमा आइफोन सार्वजनिक गरेका थिए ।

६. आइफोनको सबैभन्दा महँगो भाग त्यसको रेटिना डिस्प्ले हो ।

७. ओरिजिनल आइफोन बनाउने समूह अहिलेसम्म गोप्य छन् । आइफोनमा  मेसेज लेख्दालेख्दै डिलिट गर्नुपर्यो भने फोनलाई हल्लाउनुहोस् ।

८. आइफोन प्रयोगकर्ता अरु स्मार्टफोन चलाउनेभन्दा इमान्दार हुन्छन् ।

९. अमेरिकामा भन्दा ब्राजिलमा आइफोन दोब्बर महँगो हुन्छन् ।

१०. आइफोनको प्रोसेसर सामसङले बनाउँछ ।

थाहा पाउनुहोस् फोनसम्बन्धि अन्य जानकारीः

१. संसारभरी २६० करोड स्मार्टफोन छन् ।

२. विश्वमा जतिपनि मोबाइल छन् त्यसमा ५० प्रतिशतभन्दा बढि स्मार्टफोन छन् ।

३. औसतमा एक व्यक्ति प्रत्येक दिन ८८ पटक आफ्नो स्मार्टफोन हेर्ने गर्दछ ।

४. इन्टरनेट ट्राफिकको ५० प्रतिशत हिस्सा स्मार्टफोन र ट्याबलेटबाट आउँछ ।

५. सन् २०१६ मा स्मार्टफोनबाट १७१,०० करोड डलरको खरिद भयो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल