देशमा सहज औद्योगिक बातावरण छैन : मुरारका

पुस २३  |   कृष्ण बिसी

देशमा सहज औद्योगिक बातावरण छैन : मुरारका

पाल्पा –नेपालमा सहज औद्योगिक बाताबरण नभएको नेपाल उद्योग बाणिज्य महासघंका केन्दि«य अध्यक्ष पशुपति मुरारकाले बताएका छन । राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेको र बिभिन्न बहानामा उद्योग कलकारखाना बन्द गराएको उल्लेख गर्दै मुरारकाले देशमा सहज औद्योगिक बाताबरण नभएको बताएका हुन् ।

शनिवार पाल्पा उद्योग बाणिज्य सघंको ६१ औ बार्षिक साधरणसभाको उदघाटन सत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै मुरारकाले देशमा हुने बिभिन्न आन्दोलनका कारण निजी क्षेत्रले ठुलो घाटा ब्यर्होनुपरेको जिकिर गरे ।

“निजी क्षेत्र बिश्वको कुनै पनि क्षेत्र भन्दा कम छैन,अब सम्भावना हैन, भएका सम्भावनालाई बास्ताविकतामा परिणत गर्नुपर्छ,त्यसका लागी देशमा सहज औद्योगिक बाताबरण हुनुपर्छ ” उनले भने ।

साथै उनले निजी क्षेत्रको सहकार्यबिना देशको बिकास सम्भव नहुने र देशको कायापलट ब्यापारबाट गर्न सकिने दाबी समेत गरे । सोही कार्यक्रममा बोल्दै महासघंका पुर्व अध्यक्ष चण्डी प्रसाद ढकालले पाल्पा पर्यटकिय दृष्टिकोणले अत्यन्तै सम्भावना जिल्ला बोकेको भएकाले रानीमहलको प्रेमको सन्देश फैलाउनुपर्ने र पाल्पाली करुवा र ढाकालाई अन्र्तराष्ट्रिय स्तरमा पनि चिनाउन पहलकदमी आवाश्यक रहेको धारणा राखे ।

सघंका जिल्ला अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा सघंका केन्दि«य सदस्य,छिमेकी जिल्लाका उद्योग बाणिज्य सघंका प्रतिनिधी,जिल्लाका उद्योगी ब्यवसायी,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल