आइफोनको बिक्रि १५ वर्षपछि पुनः घट्यो, कर्मचारीको तलब कटौती गरी १७ करोड कम दिइयो

पुस २३  |   एजेन्सी

आइफोनको बिक्रि १५ वर्षपछि  पुनः घट्यो, कर्मचारीको तलब कटौती गरी १७ करोड कम दिइयो

लक्ष्य पूरा नगरेका कारण एप्पलले मुख्य कार्यकारी अधिकारी टिम कुकको तलबमा १५ प्रतिशतको कटौती गरेको छ ।  पछिल्लो १५ वर्षमा यो पहिलो घटना हो जब आइफोन बनाउने यो कम्पनीको बिक्रि घटेको हो । यद्यपी, कटौतीपछि पनि टिमलाई सन् २०१६ मा करिब ८७ लाख डलर (९४ करोड रुपैयाँ) तलब दिइयो । यो रकम सन् २०१५ मा उनले पाएका १०३ लाख डलरको तलबभन्दा १७ करोड रुपैयाँ कम हो ।

टिम कुकले कहिले कति तलब पाए?

सन् २०१५ः १०३ लाख डलर

सन् २०१६ः ८७ लाख डलर

१५ प्रतिशत कटौती

सन् २००१ पछि पहिलो पटक यस्तोः

सन् २००१ मा पनि कम्पनीको वार्षिक राजस्वमा कमी आएको थियो । यसलगत्तै कम्पनीका सह–संस्थापक र पूर्व प्रमुख कार्यकारी अधिकारी स्टिभ जब्सले आइपडलाई संसारसामू सार्वजनिक गरेका थिए ।

– यो डिजिटल म्युजिक प्लेयरले आइफोन र आइप्याडका लागि स्थान बनाएको थियो ।

– त्यसपछि आएको आइफोनले मोबाइलको दुनियाँ सबैभन्दा विशेष स्थान बनायो जसका कारण कम्पनीले निकै कमाई गर्यो ।

– यद्यपी, संसारका धेरैजसो स्मार्टफोन एन्ड्रोइडमा चल्यो तर आइफोन चर्चित रह्यो ।

नाफासँग जोडिएको छ टिमको प्याकेजः

– चीनमा एप्ललको आइफोनको बिक्रिमा तेज गिरावट आएको छ । त्यसकारण कम्पनीले टिम कुकको प्याकेजमा १५ प्रतिशतले कटौती गर्नुपर्यो ।

– कुकले सन् २०११ मा कम्पनीको कमान सम्हालेका थिए । उनको प्याकेजको एउटा भाग कम्पनीको वार्षीक क्षमतासँग जोडिएको छ ।

– त्यसैले कम्पनीको क्षमतामा ह्रास आयो भने उनको प्याकेजमा पनि यसको असर पर्छ ।

अब आइफोन सेभेन र सेभेन प्लससँग आशाः

– एप्पलले अब आइफोन सेभेन र सेभेन प्लससँग आशा गरिरहेको छ जुन पछिल्लो वर्ष सेप्टेम्बरमा आएको थियो ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल