हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने

पुस २२

हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने

काठमाडौं– हिमालयन बैकको २४ औ वार्षीक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्ने कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रमा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७२/७३ को प्रतिवेदन प्रस्तुत गर्दै ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक कृयाशिलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी दिए । उनले स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक प्रतिबद्ध रहेको धारणा पनि राखे ।

अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७२/७३ अन्त्यसम्म ८७ अर्व ३३ करोड निक्षेप संकलन र ६९ अर्व १० करोड कर्जा प्रवाह गरेको जानकारी गराउदै यो वर्ष ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने जानकारि दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल