धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारबारे छलफल

पुस २२

धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारबारे छलफल

ललितपुर– स्टक ब्रोकर्स एसोशिएसन अफ नेपालको अनुरोध अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा र रिमोर्ट वर्क स्टेसन विस्तारबारे धितोपत्र बोर्डमा छलफल भएको छ ।

बोर्डको सहमितका लागि शाखा विस्तारवारे नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), बाट पत्र पठाएपछि यसवारे छलफल भएको हो ।

पुस १७ गते बसेको बैठकमा भएको छलफलमा धितोपत्र दलाल संघको पत्रमा धितोपत्र दलाल व्यवसायीको नाम तथा शाखा रहने स्थान मात्र उल्लेख भएपनि यसमा अन्तरनिहित जोखिम र न्यूनिकरण सम्वन्धमा नेप्सेको धारणा तथा राय उपलव्ध नभएका पाइएको छ ।

पठाएको पत्रमा लगानीकर्ता र दलाल व्यवसायीहरुको जोखिम न्यूनीकरण गरी रिमोर्ट वर्क स्टेसन विस्तार गर्न लागि बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र दलाल व्यवसायीहरुको प्रतिनिधिको सहभागिता रहेको भेटिएको छ ।

यद्यपी छलफलले धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तारका लागि नेप्सेको राय आवाश्यक भएकाले उसलाइ आफ्नो राय पठाउन पत्राचार गरिएको बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल