जहाज खरिदको टेण्डरमै गोलमाल, छानविनको माग गर्दै अख्तियारमा उजुरी

पुस २०  |   राजेश भण्डारी

जहाज खरिदको टेण्डरमै गोलमाल, छानविनको माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं– नेपाल वायुसेवा निगमले ठुलो जहाज (वाइड बडी) खरिदका लागी आह्वान गरेको प्रस्तावमा शर्त बमोजिमको कागजात पेश नगरेको कम्पनीलाई विमान खरिदको जिम्मा दिने चलखेल शुरु भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले एयरबस कम्पनीका एसिया निर्देशक शिल शुक्लासँगको मिलेमतोमा यसरी निममविपरीत प्रमाण नपुगेको अमेरिकी कम्पनी एएआर कार्पोरेशनसँग जहाज खरिद सम्झौता गर्न लागेको भन्दै उजुरी पत्रमा कंसाकारमाथि छानबिनको माग गरिएको छ ।


‘कंसाकारमाथि छानविनको माग गर्दै उजुरी परेको पुष्टि गर्दै अख्तियारका एक उप–सचिवले भने, ‘विमान खरिदको टेण्डरमा अनियमितता भएको सम्बन्धमा करिब एक साताअघि उजुरी दर्ता भएर अनुसन्धानको प्रक्रियामा गएको छ ।’

निगमले २०७३ असोज १० गते अन्तर्राष्ट्रिय उडानका लागी ए–३३०–२०० सिरीजका दुईओटा वाइडबडी (ठूलो आकार)को जहाज खरिदका लागी ग्लोवल टेण्डर आह्वान गरेको थियो । जसमा ११ ओटा कम्पनीले विमान दिलाउने प्रस्ताव गरेका छन् ।

निगमका एक उच्च अधिकारीका अनुसार एयरबससँग सिधै विमान खरिद गर्दा कमिशन नआउने भएकाले शिल शुक्लासँगको मिलेमतोमा कंसाकारले तिनै ११ ओटा कम्पनी मध्येबाट सार्वजनिक खरिद ऐन विपरीत एएआर नामक अमेरिकी कम्पनीसँग विमान खदिर संझौता गर्न लागेका हुन् ।


केही दिनअघी कंसाकारले पत्रकार सम्मेलन नै गरेर एएआरसँग छिट्टै विमान खरिद सम्झौता गरिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

एएआरले प्रस्ताव गरेको २२ अरब ७० करोडमा दुईओटा जहाज दिलाउने प्रस्ताव स्वीकृत गरेर करिब सात अरब कमिनबापत हत्याउने चलखेल शुरु भएको तीन महिनाभन्दा बढी भैसकेको बताइएको छ ।

बोलपत्रको शर्तमा तोके अनुसार एएआरले जहाजको ओनरसिप सर्टिफिकेटसम्बन्धि कुनै पनि कागजात पेश गरेको छैन । बोलपत्रको शर्तअनुसार ओनरसिप सर्टिफिकेट सम्बन्धि कागजात पेश नगर्ने कम्पनी स्वत अयोग्य ठहरिन्छ ।

यो पनि पढ्नुहोस्

कमिशनको चक्करमा ‘खरिद ऐन’ विपरीत जहाज खरिदको तयारी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल