इन्धन मुल्य वृद्धीको चित्त बुझ्दो जवाफ नआएको भन्दै समितिले फेरी गर्यो सरकारलार्इ पत्रचार

पुस १९

इन्धन मुल्य वृद्धीको चित्त बुझ्दो जवाफ नआएको भन्दै समितिले फेरी गर्यो सरकारलार्इ पत्रचार

काठमाडौँ– इन्धनमा बढाईएको मुल्य सम्बन्धमा सरकारको तर्फबाट आएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समितिले पुन पत्राचार गर्ने भएको छ ।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्र्तगतको आपुर्ति व्यवस्थापन उपसमितिको मंगलबार बसेको बैठकले इन्धनको मुल्य बढाईएको सम्बन्धमा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन पत्राचार गर्ने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मुल्यवृद्धि सम्बन्धमा आपूर्ति मन्त्रालयबाट समितिलाई प्राप्त पत्रमा अन्तराष्टिय बजारमा मुल्य बढेकाले समायोजन गरिएको उल्लेख छ ।

त्यसैगरी भारतीय सिमा बजारमा निर्धारित इन्धनको मुल्यले पनि नेपाली बजार प्रभावित हुने भएकाले त्यसलाई मध्यनजर गरी मुल्य समायोजन गरिएको दाबी गरिएको छ । तर यसलाई समितिले तर्क संगत नभएको ठहर गरेको छ ।

उपसमितिले पेट्रोलियम पदार्थको स्वचालित मुल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ को प्रावधान विपरित इन्धनमा मुल्यवृद्धि भएको दाबी पनि गरेको छ ।

नेपाल आयल निगमको पुर्वाधार निर्माण,सडक मर्मत शुल्क वापत संकलित रकम सडक मर्मत कार्यामा नलगाईएको तथा आय व्ययको स्पष्ट खाका नआएको भन्दै उपसमितिले सरोकारित विषयमा आपुर्ति मन्त्रालयलाई पुन पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकमा आपुर्ति व्यवस्थापन उपसमितिका सदस्यले इन्धनको मुल्यवृद्धि, भन्सार महसुल, सडक मर्मत संभार शुल्क, नेपाल आयल निगम पुर्वाधार विकास तथा ऋण भुक्तानी तथा बुढीगण्डकी जलविद्युत् आयोजनाको लागि पूर्वाधार कर बापत तिरिएको राजश्व लगायतको हरहिसाव स्पष्ट नभएको भन्दै पुन सम्बन्धीत निकायलाई बोलाई छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

हालै सरकारको अनुमतिमा नेपाल आयल निगमले इन्धनको मुल्य बढाएपछि उपसमितिले मुल्य घटाउन आपुर्ति मन्त्रालय मार्पत निर्देशन दिएको थियो । मुल्य घटाउनुको सट्टा मन्त्रालयले मुल्य वृद्धि नियमसंगत र समयानुकुल भनि पत्राचार गरेपछि उपसमितिले पुन त्यसबारे पत्राचार गर्ने निर्णय गरेको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल