इन्टरनेसनल मार्सल एसोसिएसन न्युयोर्कको सम्पूर्ण स्वामित्व खालिङको नाममा

पुस १९

इन्टरनेसनल मार्सल एसोसिएसन न्युयोर्कको सम्पूर्ण स्वामित्व खालिङको नाममा

काडमाडौं– युएसए कराते महासंघ राष्ट्रिय रेफ्री पर्खी खालिङले अमेरिकाको न्युयोर्कमा दशकदेखि सञ्चालित इन्टरनेसनल मार्सल एसोसिएसन, न्युयोर्कको सम्पूर्ण स्वामित्व हात पारेका हुन् ।
खालिङको स्वामित्वमा आएको इन्टरनेसनल मार्सल एसोसिएसन युएसएमा सञ्चालित पहिलो र एकमात्र नेपाली कराते स्कुल हो । शान्त थोकरसँगको संयुक्त लगानीमा सञ्चालित सो स्कुलको सम्पूर्ण स्वामित्व २०१७ जनवरीदेखि उनले लिएका हुन् ।
थोकरद्वारा सञ्चालित सो स्कुलमा प्रशिक्षार्थी भएर प्रवेश गरेका उनको मिहिनेत र इमानदारीका कारण स्कुलको सम्पूर्ण स्वामित्व आफ्नै नाममा बनाउन सफल भए । सन् २००७ मा स्थापित सो स्कुलमा सन् २००८ जुन २२ देखि उनले प्रशिक्षार्थीका रूपमा प्रवेश गरेका थिए ।
सोही स्कुलबाट सिकेर युएसएमै फस्र्ट र सकेन्ड डनलगायतका विभिन्न उपाधि हासिल गरेका उनले युएसए कराते महासंघको कुशल राष्ट्रिय रेफ्रीका रूपमा हालसम्म दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
खालिङको स्वामित्वमा आएको सो स्कुलमा विश्व कराते महासंघको नीति र नियमअनुसारका सबै खेल खेलाइन्छ ।सो स्कुलमबाट सयौंले विभिन्नस्तरको प्रशिक्षण लिइसकेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल