चेल्सी र आर्सनल लिग कपबाट बाहिरियो

कार्तिक ११

चेल्सी र आर्सनल लिग कपबाट बाहिरियो

_86361697_diegocosta
लण्डन – जोसे मोरिन्होको नेतृत्वमा रहेको चेल्सीको यस सिजन खराब यात्रा कायम रहँदा लिग कपबाट पनि बाहिरिनु परेको छ । स्टोकसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै डिफेन्डिङ च्याम्पियन चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा स्टोकले जोन वाल्टर्सको गोलको मद्दतले अग्रता लियो । खेल स्टोकले जित्ने लगभग निश्चित भइसकेको बेला लोइक रेमीले अक्तिरिक्त समयमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । स्टोकका फिल ब्राडस्लेले दुईवटा रातोकार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।
पेनाल्टी सुटआउटमा स्टोकले सबै प्रहार गोलमा परिणत गर्यो भने एडिन हजार्डले प्रहार गरेको चेल्सीको अन्तिम पेनाल्टी गोल किपरले रोकेका थिए । स्टोक ५–४ ले विजयी बन्यो । लिग कपमा अहिलेसम्म स्टोक चेल्सीसँग पराजित भएको छैन ।

_86360577_reuterssecondgoal
उता, अर्को प्रिमियर लिग क्लब आर्सनल पनि सेफिल्ड वेडनस्डेसँग ३–०ले स्तब्ध बन्यो । आर्सनललाई पराजित गर्ने क्रममा सेफिल्डका रोस वालेस, लुकास जोआओ र स्याम हचिन्सनले गोल गरे । आर्सनलले थिओ वाल्कोट र ओक्सालेड च्याम्बर्लिनलाई खेलको २० मिनेट भित्र घाइते हुँदै गुमाएको थियो ।
जीतसँगै सेफिल्ड लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल